3 years ago
September 26, 2022
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले एएफसी एसियन कप छनोट २०२३ खेल्न आफू टोलीमा नआएको नभएर निकालिएको बताएका छन् ।

घरेलु मैदान दथरथ रंगशालामा बंगलादेशसँग मंगलबार हुने मैत्रीपूर्ण खेल अघि सोमबार किरणले तत्कालिन मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी र खेलाडीविवाद बारे बोल्दै उक्त प्रतिक्रिया दिएका हुन् । ‘एसिसी कप २०२३ खेल्न म नआएको होईन । म त आइहाल्थे नि । निकालिएको थियो । मलाई टोलीमा बोलाइएन होईन । निकालिएको चाहिँ हो,’ किरणले पत्रकार सम्मेलनमा भने ।
गत वैशाख तेस्रो साता तत्कालिन मुख्य प्रशिक्षक अलमुताईरीसँग विवादको कारण १० खेलाडी क्याम्प छाड्न बाध्य भएका थिए । पछि उनीहरुलाई समर्थन गर्दै थप चार खेलाडी पनि असन्तुष्ट जनाएका थिए । अलमुताईरी र खेलाडीबीचको विवाद चर्किदै गएपछि कप्तान किरणले पनि खेलाडीको समर्थन लिँदै फेसबुकमा स्टाटस लेखेका थिए । त्यो समय किरण माल्दिभ्समा थिए ।
अलमुताईरीले खेलाडी विवाद सुल्झाउनुको सट्टा उल्टै कप्तान किरणसहित क्याम्प छाड्न बाध्य बनाईएका १० खेलाडी बाहिर राख्दै एएफसी एसियन कप २०२३ को छनोट खेल्ने टोली घोषणा गरेका थिए । किरणको अनुपस्थितिमा टोलीको नेतृत्व सम्हालिरहेका मिडफिल्डर रोहित चन्दलाई क्याम्प छोड्न भनेपछि असन्तुष्ट सिनियर खेलाडीले प्रशिक्षक अलमुताइरी प्रशिक्षकसँग त्यसबारे छलफल गरेका थिए । प्रशिक्षकले क्याम्प छोड्न भनेपछि अन्य खेलाडीले पनि बाहिरिएका थिए।

रोहितलाई निकालिएकापछि सुजल श्रेष्ठ, अनन्त तामाङ, विशाल राई, विमल घर्तीमगर, दीनेश राजवंशी, विशाल श्रेष्ठ, अन्जन विष्ट, सुमन लामाले प्रशिक्षण छाडेका थिए । असन्तुष्टी जनाउनेमा मिडफिल्डर पुजन उपरकोटी, फरवार्ड दर्शन गुरुङ, मिडफिल्डर एरिक विष्ट र गोलकिपर दीप कार्की थिए ।
किरण नहुँदा एसियन कप छनोटमा कप्तानी गरेका नवयुग श्रेष्ठ र पुजन उपरकोटी यसपटक कार्यवाहक मुख्य प्रशिक्षक प्रदीप हुमागाईको रोजाईमा पर्न सकेनन् । किरण सिनियर टोलीमा गएपछि नेपालमात्र सोचिने बताउँछन् । ‘एकरुपता होईन । सिनियर टोलीमा गएपछि यो तेरो यो मेरो । त राई, त लिम्बु, त बाहुन, क्षेत्री, यहाँबाट आएको भन्नी नै कुरा हुँदैन । नेपाली टोलीमा आएपछि नेपालको लागि खेल्ने हो । टोलीमा गुट बनाएर हिँड्ने पनि होईन,’ किरणले भने ।
त्यसैमा उनले थपे, ‘बाहिरबाट तपाईंहरु के सोच्नु भएको छ । त्यो मलाई थाहा भएन । तर एउटा कप्तानको रुपमा टिममा भएपछि हामी देशको लागि खेल्न आएको हो । मेरो फाइदाको लागि खेल्न आएको होईन । वहाँ (कार्यवाह मुख्य प्रशिक्षक हुमागाईं) पनि देशको लागि गर्न आउनु भएको हो । भोली नयाँ प्रशिक्षक र किरण आउनु हुन्छ । होला त्यो सबै देशको लागि खेल्न आउने हो ।’
किरण टोलीमा गुटनभएको बुझ्न आग्रह गरे । ‘यो टोलीमा अहिले यस्तो भएको छ त्यस्तो भएको छ भनेर भन्नु भन्दा । तपाईंहरुको पनि नेपालनै देश हो । सबै नेपाली हो । सबैको देश हो । हामीले देशको प्रतिनिधित्व गरेका छौं । यहाँ गुट छैन भन्ने भावना लिएर तपाईंहरुपनि हिँड्नुपर्छ,’ उनले भने ।
नेपालले बंगलादेशसँगको मेत्रीपूर्ण फुटबलको झण्डै डेढ महिनादेखि खेलाडीलाई बन्द प्रशिक्षणमा राखेर प्रशिक्षण गरेको थियो । तर किरण भने ब्यक्तिगत कारण कार्यवाहक मुख्य प्रशिक्षक हुमागाईंसँग तीन दिनमात्र प्रशिक्षण गरेका थिए ।
‘प्रशिक्षक वहाँ भएर आएपछि हामीले लगभग पाँच हप्ता अभ्यास गर्यौ । टिमसँग मैले तीन दिन अभ्यास गर्ने अवसर पाए । प्रशिक्षक देखि खेलाडी सबैसँग कुरा गरि राखेका छौं । हामी देशको लागि नै खेल्ने हो,’ किरणले भने ।

प्रशिक्षक हुमागाईले दुई नयाँ खेलाडी युवा फरवार्डद्वय ऋतिक खड्का र आशिष चौधरी टिमलाई पहिलो पटक समेट्दा अनुभवी नवयुगसँगै सुनिल बल, आवास लामिछाने, संजोक राई, अभिषेक रिजाल, भरत खवास र आयुष घलान अन्तिम टोलीमा परेनन् ।
खेल मंगलबार साँझ ५ः३० बजे सुरु हुनेछ । त्यो खेलका लागि एन्फाले भिआइपीतर्फका सिमिति सिटको प्रति टिकटको मुल्य ५ हजार सम्म तोकेको छ । ८० सिटका लागि उक्त मूल्य तोकिएको हो ।
मैत्रीपूर्ण खेलका लागि भिआइपीतर्फ बाँकी सिटका लागि भने १ हजार तथा साधारण तर्फ प्रति टिकट ५ सय रुपैयाँ तोकिएको एन्फाले जनाएको छ । खेलको प्रत्यक्ष प्रसारण एक्सन स्पोर्ट्स र एडिआर डिजिटलबाट युटुबमा हेर्न सकिनेछ ।
बंगलादेशको लागि २३ सदस्य नेपाली टोली :
गोलरक्षकः किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु
डिफेण्डरः रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दीनेश राजवंशी, सुमन अर्याल, रन्जित धिमाल
मिडफिल्डरः सुदिप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज ज्यु ठकुरी, एरिक विष्ट
फरवार्डः विमल घर्ती मगर, अन्जन विष्ट, ऋतिक खड्का, मनिष डाँगी र आशिष चौधरी
किरणको भिडियो पनि :
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]