default_image

3 years ago

September 28, 2022

मेस्सी चम्कँदा अर्जेन्टिनाको सानदार जित

317 views

0 Bookmark

एजेन्सी – कप्तान लियोनेल मेस्सीले खेलको अन्त्यतिर दुई गोल गरेपछि अर्जेन्टिनाले विश्वकप अघिको अन्तिम मैत्रीपूर्ण खेलमा सानदार जित निकालेको छ । अर्जेन्टिनाले जमैकालाई ३–० ले पराजित गरेको हो ।

एक गोल जुलियन अल्भारेजको नाममा रह्यो । रेड बुल एरिना ह्यारीसन न्यू जर्सीमा बुधबार बिहान भएको खेलको १३औं मिनेटमा जुलियन अल्भारेजको गोलबाट अर्जेन्टिनाले सुरुवाती अग्रता लिन सफल भयो ।

त्यसपछि परिवर्तित खेलाडी मेस्सीले खेलको अन्त्यतिर दुई मिनेटमा अन्तरमा दुई गोल गर्दै अर्जेन्टिनालाई सहज जित दिलाए । ५६औं मिनेटमा इमिलियानो मार्टिनेजको स्थानमा मैदान छिरेका मेस्सीले ८७औं मिनेटमा गोल गर्दै अर्जेन्टिनाको अग्रता दोब्बर पारे ।

त्यसपछि ८९औं मिनेटमा मेस्सीले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै अर्जेन्टिनालाई सहज जित दिलाए ।
अर्काे मैत्रीपूर्ण खेलमा पेरुले इएल साल्भाडोरलाई ४–१ ले पराजित गरेको छ ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.