default_image

9 years ago

December 24, 2016

एलजी कप सेभेन ए साइडमा दुरा युवा क्लब विजयी

116 views

0 Bookmark

पोखरा (हाम्रो खेलकुद) – एलजी सेभेन ए साइड फुटबल प्रतियोगिताको दोश्रो दिन शनिबार दुरा युवा क्लब, मिलन टोल, युनाइटेड क्लब र काजीपोखरी विजयी भएका छन् । दुराले प्रतिभा युथ कलवलाई ३–० ले, मिलनटोलले अन्नपुर्ण टोललाई १–० ले, युनाइटेडले क्रियटिभ क्लबलाई २–० ले, काजीपोखरीले मेरो नेपाल युथ क्लबलाई ४–० ले हरायो ।

pokhara

त्यस्तै बाँझापाटन बि ले पस गाँउ यूथ क्लवलाई २–१ ले , ए.वि.गर्नसले एन.सि.एस एम कसेरीलाई टाइव्रेकरमा ४–३ ले र व्रर्दश एफसीले संगम होम ग्राउण्डलाई ३–१ ले पराजित गर्यो ।

‘युवाको सकारत्मक प्रयोग र उपयोगको’ नारा सहित सामाजिक क्रियाकलापमा आवद्ध लाली गुराँस एसोशियसन पोखराले आयोना गरेको प्रतियोगिताको विजेताले १ लाख २५ हजार ५ सय ५५ तथा दोस्रो हुने टोलीले ७५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्ने छ । पोखराको अम्बर सिंह खेल मैदानमा पुस ८ गते जारी प्रतियोगितामा ४७ टोलीको सहभागिता रहेको एसोसिएसनका अध्यक्ष डम्बरजंग गुरुङले जानकारी दिए । प्रतियोगिता पुस १५ गते सकिनेछ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.