3 years ago
October 31, 2022
एजेन्सी – फिफा विश्वकप २०२२ कतार सुरु हुने केहि साता मात्र बाँकी रहेको अवस्थामा बेल्जियन फरवार्ड रोमेलु लुकाकु घाइते हुन पुगेका छन् ।

इटालियन क्लब इन्टर मिलानले एक विज्ञप्ति जारी गर्दै लुकाकुले ह्यामस्ट्रीङमा चोट बोकेको जनाएको छ । शनिबार सिरी ए अन्तर्गत साम्पडोरियाविरुद्ध लुकाकु खेलको अन्तिम २० मिनेट मैदान प्रवेश गरेका थिए । तर उक्त खेल दौरान नै उनले चोट बोक्न पुगे ।
जारी सिजन चोटकै कारण लुकाकुले इन्टरको १२ खेल गुमाइसकेका छन् । २९ वर्षीय फरवार्डले विश्वकपमा बेल्जियमको आक्रमण जिम्मेवारी सम्हाल्ने आँकलन गरिएको थियो । तर प्रारम्भिक परिक्षणले उनी विश्वकपबाट बाहिर हुने सम्भावना रहेको छ ।
इन्टरले केहि दिनमा पुन: उक्त चोटको अवस्था हेर्ने जानकारी दिएको छ । त्यसपछि मात्र उनको विश्वकप खेल्ने वा नखेल्ने टुंगो लाग्नेछ । हाललाई भने उनी इन्टरको च्याम्पियन्स लिग खेलका लागि उपलब्ध रहने छैनन् ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]