default_image

1 year ago

November 4, 2022

विश्वकपअघि जर्मनीका मुख्य खेलाडी घाइते

एजेन्सी – फिफा विश्वकप २०२२ कतार सुरु हुन केही दिनमात्र बाँकी रहेको अवस्थामा उपाधि दावेदार मानिएको जर्मनीलाई चोटको कारण ठूलो धक्का लागेको छ । बुधबार भएको च्याम्पियन्स लिगको खेलका दौरान चोट बोकेपछि फरवार्ड टिमो वेर्नरले विश्वकप गुमाउने भएका छन् । २६ वर्षीय फरवार्डले जर्मनीका लागि ५५ खेलमा २४ गोल गरेका थिए । उनले विश्वकपमा जर्मनीको […]

79 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप २०२२ कतार सुरु हुन केही दिनमात्र बाँकी रहेको अवस्थामा उपाधि दावेदार मानिएको जर्मनीलाई चोटको कारण ठूलो धक्का लागेको छ ।

बुधबार भएको च्याम्पियन्स लिगको खेलका दौरान चोट बोकेपछि फरवार्ड टिमो वेर्नरले विश्वकप गुमाउने भएका छन् । २६ वर्षीय फरवार्डले जर्मनीका लागि ५५ खेलमा २४ गोल गरेका थिए । उनले विश्वकपमा जर्मनीको आक्रमण सम्हाल्ने आँकलन गरिएको थियो ।

आरबी लाइप्जिगका लागि राम्रो प्रदर्शन गरिरहेका वेर्नरको एन्कलमा चोट लागेको हो । उनी अब अर्को वर्ष मात्र फर्कने क्लबले जनाएको छ । जर्मनीले २३ नोभेम्बरमा जापानविरुद्ध खेल्दै विश्वकपको सुरुवात गर्दैछ ।

वेर्नर यसै सिजनको सुरुवातमा चेल्सी छाडेर लाइप्जिग फर्केका थिए । चेल्सीमा व्यक्तिगत रुपमा सोचेजस्तो प्रदर्शन गर्न नसकेपनि उनले च्याम्पियन्स लिग उपाधि जिते । जर्मनीबाट २०१८ को फिफा विश्वकप र युरो २०२० मा वेर्नर टोलीमा थिए ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.