default_image

9 years ago

December 25, 2016

“हामी नयाँ इतिहास कोर्न तयार छौँ”: प्रशिक्षक थापा

154 views

0 Bookmark

सिलिगुडी (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय महिला फुटबल टोलीका प्रमुख प्रशिक्षक कुमार थापाले नेपाल साफ च्याम्पियनशिपको उपाधि जितेर नयाँ इतिहास रच्न तयार रहेको अभिव्यक्ति दिएका छन्।

kumar-thapa-in-press-conference

आज भएको पत्रकार सम्मेलनमा बोल्दै प्रशिक्षक थापाले टोलीले प्रतियोगितामा भाग लिन धेरै मेहेनत गरेको र उक्त मेहेनतको फल अब नतिजाले देखाउने बताए। “हामीले प्रतियोगिता खेल्नुपुर्व मलेसियासंग मैत्रीपूर्ण खेल खेल्ने मौका पायौं र त्यो एकदम उत्तम रह्यो प्रतियोगिता सुरु हुनुअघिको खेलले टोलीलाई एकिकृत त बनायो नै, साथसाथै नतिजा राम्रो आउनुलेपनि खेलाडीको मनोबल उच्च रहेको छ”, थापाले भने।

नेपाली टोलीले प्रशिक्षण गरेको वातावरण र सिलिगुडीमा खेल्ने उस्तै रहेकोले टोलीलाई असर नपर्ने बताए। “नेपाल लगातार तिन पटक भारतसंगै हरेको तितो सत्य सबैसामु छ, तर हामी यो पटक त्यसलाई तोडेर उपाधि उठाउने धुनमा छौँ। त्यसको लागि टोलीले भोलि देखि नै पूर्ण मेहेनत गर्नेमा मा विश्वस्त छु।”, थापाले टुंग्याए।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.