3 years ago
November 8, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ सुरु हुन अब दुई साताको पनि समय छैन । कतारले विश्वकपकै लागि दर्शकलाई मोहित पार्ने फरक विशेषता बोकेको रंगशाला निर्माण गरेको हो ।

आठ रंगशालामध्ये एउटा रंगशाला मध्यपूर्वी टोपीको शैलीमा निर्माण गरिएको छ । एउटा रंगशाला कन्टेनरबाट निर्मित छ । अर्को एउटा रंगशालाको आकारलाई लिएर विश्वव्यापी चर्चा पनि चल्यो ।
सबै रंगशालामा सोलार प्यानल फर्मबाट विद्युतीय शक्ति नियन्त्रित गरिनेछ । गर्मीबाट राहत पाउनका लागि अत्याधुनिक चिस्यान प्रणाली जडान गरिएको छ । यद्यपि विश्वकप पहिलोपल्ट जाडो मौसममा हुँदैछ । सामान्यतया जुन/जुलाईमा हुने विश्वकप कतारमै आयोजना हुने भएपछि नोभेम्बर-डिसेम्बरका लागि सारिएको थियो ।
कतारले विश्वकपका लागि निर्माण गरेका सबै रंगशाला दीर्घकालसम्म राख्ने छैन । कतारले एउटा रंगशाला सुरक्षित राख्नेछ । ६ वटा रंगशालाको सिट क्षमता घटाएर त्यसलाई विकासशील देशमा पठाइनेछ । एउटा रंगशाला पूर्ण रुपमा बन्द हुनेछ ।
विश्वकप खेलिने आठ वटै रंगशाला दोहाबाट २१ माइल (३३.७९ किलोमिटर) दूरीमा अवस्थित छन् । सबै रंगशालालाई मेट्रो र ट्राम प्रणालीमा जोडिएको छ । यसले गर्दा समर्थकले धेरैभन्दा धेरै खेल हेर्न पाउनेछन् । विश्वकपमा प्रयोग हुने ८ वटै रंगशालाको अनौठो डिजाइन र विशेषताबारे यहाँ समेट्ने प्रयास गरेका छौं ।
लुसेल रंगशाला (क्षमता ८० हजार, फाइनलसहित १० खेल)

लुसेल रंगशाला विश्वकपको लागि सबैभन्दा आकर्षक रंगशाला हो । यहाँ फाइनलसहित प्रमुख १० खेल हुनेछन् । यो रंगशाला यही वर्ष निर्माण सम्पन्न भएको हो । यसलाई प्रकाश र छायाको परस्पर क्रिया रहने फेनर ल्यान्ट्रन विधिमा डिजाइन गरिएको छ ।
विश्वकपपछि यसको अधिकांश सिट निकालेर विकासशील देशलाई दान दिइनेछ । लुसेल सिटीमा अवस्थित यो रंगशाला ३३ बिलियन पाउण्डमा निर्माण गरिएको हो ।
अल जानोव रंगशाला (क्षमता ४० हजार, ७ खेल)

अल बकराह रंगशालाका रुपमा परिचित यो रंगशालालाई परिस्कृत गरेर अल जानोव बनाइएको हो । यसको डिजाइन तटीय शहरको समुद्री विरासतलाई आधार मानेर गरिएको हो । यो रंगशालाको छानो स्वचालित हुनेछ ।
आवश्यक समयमा बन्द गरेर पनि खेल हुनेछ । अत्याधुनिक चिस्यान प्रणालीको जडानसँगै यहाँ चर्को गर्मीमा पनि आरामदायी रुपमा फुटबल खेल्न र हेर्न सकिने बताइन्छ । यो रंगशाला ब्रिटिस–इराकी वास्तुकार स्वर्गीय डेम जाहा हदिदले गरेकी हुन् ।
सन् २०१६ मा हृदयघातका कारण ६५ वर्षको उमेरमा उनको निधन भएको थियो । यस रंगशालाको प्रारम्भिक डिजाइन सार्वजनिक भएलगत्तै आलोचकहरुले यसको बाहिरी आकार महिलाको गुप्तांगजस्तो भएको बताएका थिए ।
त्यतिबेला यस्तो तुलनासँग डेम आक्रोशित बनेकी थिइन् । उनले भनेकी थिइन्, ‘यो वास्तवमै सर्मनाक हो । उनीहरु किन यस्ता वकबास कुरा गरिरहेका छन् । उनीहरु के कुरा भन्न खोजिरहेका हुन् ?’ विश्वकपका लागि निर्माण गरिएको रंगशालाको निर्माण २०१९ मै पूरा भएको हो ।
अल बेयट रंगशाला (क्षमता ६० हजार, उद्घाटनसहित ८ खेल)

दोहाबाट सबैभन्दा टाढा रहेको यस अल बेयट रंगशालामा उद्घाटनसहित सेमिफाइनलसम्मका खेल हुनेछन् । परम्परागत अरव शैलीलाई प्रतिनिधित्व गर्ने गरी यसको डिजाइन गरिएको छ । यो रंगशाला अरब टेन्टजस्तै देखिन्छ जसलाई स्थानीय भाषामा बेयट अल सार भनिन्छ । गर्मीबाट जोगिनका लागि यो रंगशालामा पनि छत लगाइएको छ ।
अहमद विन अली रंगशाला (क्षमता ४० हजार, ७ खेल)

यो रंगशाला कतारी संस्कृतिको प्रतिविम्व हो । रंगशालाको मुख्यद्वार नै कतारको प्रतिनिधित्व गर्ने गरी जटिल कौशलको प्रयोग गरिएको छ । जसले देशको प्रारम्भिक इतिहासदेखि व्यपारीकरण समेत झल्काउँछ ।
यो रंगशाला मरुमूभिबाट निकै नजिक छ । त्यसैले रंगशालाको बाहिरी क्षेत्र र व्यापारिक स्टलहरु मरुभूमिकै शैलीको बनाइएको छ । यसको नाम सुरुमा अल रेयान राखिएपनि पछि परिवर्तन गरेर अहमद विन अली राखिएको हो । यहाँ प्रिक्वाटरफाइनल सम्मका खेल हुनेछन् ।
एजुकेसन सिटी रंगशाला (क्षमता ४० हजार, ८ खेल)

यो रंगशाला विश्वभर चर्चित कतार फाउण्डेसनको हाताभित्र छ । यहाँ क्वाटरफाइनलसम्मका खेल हुनेछन् । हिराको आकारमा डिजाइन गरिएको यस रंगशालालाई ‘मरुभूमिको हिरा’ उपनाम दिइएको छ । यसलाई दिनमा टल्किने र रातमा चम्किने गरी निर्माण गरिएको छ ।
यो रंगशालामा सन् २०२१ को फिफा क्लब विश्वकपअन्तर्गत बायर्न म्युनिख र टिग्रेसबीचको फाइनल खेल भएको थियो । विश्वकपपछि कतारको महिला टोलीले यसलाई घरेलु मैदानको रुपमा प्रयोग गर्नेछ ।
अल थुमाना रंगशाला (क्षमता ४० हजार, ८ खेल)

यो रंगशालाको डिजाइन ‘गहफिया’ अरबी पुरुषहरुले लगाउने एक परम्परागत टोपीमा आधारित रहेर निर्माण गरिएको छ । यो पहिलो विश्वकपस्थल हो जसलाई कतारी वास्तुकार इब्राहिम अल जैदाले डिजाइन गरेका हुन् । यो रंगशालाको पनि आधा सिट निकालेर विकासशील देशलाई दान दिइनेछ ।
स्टेडियम ९७४ (क्षमताः ४० हजार, ७ खेल)

स्टेडियम ९७४ विश्वकपका लागि ९७४ कन्टेनरको प्रयोग गरी निर्माण गरिएको प्रतिष्ठित रंगशाला हो । विश्वकपसँगै यो पूर्ण रुपमा नष्ट गरिनेछ ।
खालिफा अन्तर्राष्ट्रिय रंगशाला (क्षमता ४५ हजार ४१६, ८ खेल)

कतारले विश्वकप आयोजना अधिकार पाउनुअघि कतारमा रहेको यो नै एक मात्र अन्तर्राष्ट्रिय स्तरको रंगशाला हो । यसको निर्माण सन् १९७६ मा भएको थियो । यो नै कतारको राष्ट्रिय रंगशालाका रुपमा रहेको छ । विश्वकपका लागि यहाँ पनि ठूलो मात्रामा पुनर्निर्माण गरिएको छ ।
यहाँ यसअघि एसियाली खेलकुद, खाडी कप र एएफसी एसियन कपको आयोजना भइसकेको छ । सन् २००९ मा यहाँ ब्राजिल र इंग्ल्याण्डबीच मैत्रीपूर्ण खेल भएको थियो । सन् २०१९ मा यही रंगशालामा लिभरपुलले क्लब विश्वकपको उपाधि जितेको थियो ।
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]