3 years ago
November 8, 2022
एजेन्सी – अष्ट्रेलियाले कतारमा दुई सातापछि सुरु हुने फिफा विश्वकप २०२२ का लागि अन्तिम टोलीको घोषणा गरेको छ । प्रशिक्षक ग्राहम आर्नोल्डले २६ सदस्यीय टोली घोषणा गरेका हुन् ।

नेपालसँगै एकै समूहमा रहेर विश्वकप छनोटको यात्रा सुरु गरेको अष्ट्रेलियाले अन्तर महादेशीय प्लेअफ खेल्दै विश्वकपमा स्थान बनाएको थियो । नेपालले अवे मैदानमा ५-० तथा कुवेतमा खेलिएको घरेलु खेलमा ३-० को हार बेहोरेको थियो । नेपालविरुद्ध खेलेका लगभग सबै खेलाडी अष्ट्रेलियाको अन्तिम टोलीमा परेका छन् ।
अष्ट्रेलिया विश्वकपको समूह डी मा फ्रान्स, डेनमार्क र ट्युनिसियासँग रहेको छ । अष्ट्रेलियाले पहिलो खेलमा साविक विजेता फ्रान्सको सामना गर्नेछ ।
अष्ट्रेलियाको अन्तिम टोली :
गोलकिपर: म्याट रायन, एन्ड्रयु रेडमायन, ड्यानी भुकोभिच
डिफेण्डर: अजिज बेहिच, नथानिएल एट्किन्सन, फ्रान कराचिच, काए रोवल्स, ह्यारी सटर, बेली राइट, मिलोस डेगेनेक, थोमस डेङ्ग, जोएल किंग
मिडफिल्डर: आरोन मोय, ज्याकसन अर्भाइन, एजडिन हर्स्तिच, राइली मक्ग्री, किनु बाकस, क्यामरन डेभ्लिन
फरवार्ड: म्याथ्यु लेकी, अवेर माविल, जेमी मक्लारेन, मिचेल ड्युक, मार्टिन बोयल, क्रेग गुडविन, जेसन कमिंगग्स, गारांग कोल
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- भारतको इस्ट बंगाल एफसीसँगै नेपालको लिग च्याम्पियन एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल पुगेको छ। इस्ट बंगालले आज बंगलादेशको नासिर स्पोर्टस एकेडेमीलाई ७-० ले गराएसँगै एपिएफको फाइनलमा यात्रा पक्का भएको हो। इस्ट बंगाल र एपिएफले फाइनलमा एकअर्काको सामना गर्नेछन् ।त्यसअघि बुधवार लिग चरणको अन्तिम खेल पनि यी दुई टोलीबीच […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]