3 years ago
November 8, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमितिको बैठक अर्को साता बस्ने भएको छ । विविधसहित ९ एजेण्डामा छलफल गर्ने गरि कात्तिक २९ गते एन्फा कार्यसमितिको बैठक डाकिएको छ ।

एन्फा महासचिव किरण राईले कार्यसमिति पदाधिकारी र सदस्यलाई मंगलबार पठाएको पत्रमा ९ वटा एजेण्डा समावेश छन् । मार्केटिङ, ब्रोर्डकाष्टिङ, डिजिटल राइट्स, कमर्सियाल स्ट्राटिजी र पार्टनरसिप सम्बन्धी, एन्फा होस्टलको क्यान्टिन भाडामा दिने, फिफा कंग्रेसमा एन्फाको प्रतिनिधित्व, विधान बमोजिम आवश्यक समिति तथा विभिन्न पदाधिकारी नियुक्त बारेमा पनि बैठकमा छलफल गर्न एजेण्डा तय भएको छ ।
त्यस्तै बैठकले मार्चमा हुने फिफा कंग्रेसमा एन्फाको प्रतिनिधित्व बारे, नेपालले प्राप्त गरेको फिफा विश्व कपको टिकट, राष्ट्रिय लिग तथा सहिद स्मारक ए डिभिजन लिग, एकेडेमी सञ्चालन तथा विविध विषयमा छलफल हुनेछ ।
एन्फा अध्यक्ष पंकज विक्रम नेम्बाङले कार्यसमितिमा छलफल विना एसियाली फुटबल महासंघ (एएफसी) को कार्यसमिति सदस्यको मनोनय गरेपछि एन्फाका तीन उपाध्यक्षसहित १२ कार्यसमिति सदस्यले कार्यसमिति बैठकको माग गर्दै असोज २१ गते एन्फामा निवेदन दर्ता गराएका थिए । निवेदन दिएको एक महिना भन्दा पछि एन्फा कार्यसमितिको बैठक बस्ने निश्चित भएको हो ।

December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]