3 years ago
November 10, 2022
एजेन्सी – म्यानचेस्टर सिटीले इएफएल कप अर्थात् कारवाओ कपमा प्रिमियर लिग प्रतिद्धन्द्धी चेल्सीमाथि सहज जित निकाल्दै अर्काे चरणमा प्रवेश गरेको छ ।

सिटीले घरेलु मैदानमा चेल्सीलाई २–० ले पराजित गर्दै चौथो चरणमा प्रवेश गरेको हो । सिटीको सहज जितमा रियाद महारेज र जुलियन अल्भारेजले गोल गरे ।
इतिहाद स्टेडियममा बुधबार राति भएको खेलमा चेल्सीले घरेलु टोली सिटीलाई पहिलो हाफमा बराबरीमा रोकेपनि दोस्रो हाफमा रोक्न नसक्दा हार बेहार्न पुग्यो । सिटीले दोस्रो हाफमा ६ मिनेटको अन्तरमा दुई गोल गर्दै जित पक्का ग¥यो ।
५३औं मिनेटमा रियाद महारेजको गोलबाट अग्रता बनाएको सिटीले ५८औं मिनेटमा जुलियन अल्भारेजको गोलबाट जित सुनिश्चित ग¥यो ।
इएफएल कपकै अर्काे खेलमा न्यूक्यासलले क्रिस्टल प्यालेसलाई तथा साउथह्याम्टनले सेफ वेनस्डेलाई टाइब्रेकरमा हराएर अघिल्लो चरणमा प्रवेश गरेको छ ।
यस्तै नटिङहम फरेस्टले टोटेनहमलाई २–० ले तथा वल्भ्सले लिड्सलाई १–० ले पराजित गरेको छ । ब्ल्याकबर्नले वेस्ट ह्यामलाई टाइब्रेकरमै निराश पार्दै अघिल्लो चरणमा प्रवेश गरेको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]