3 years ago
November 10, 2022
एजेन्सी – फिफा विश्वकपको ४ पटकको च्याम्पियन तथा यसपटकको उपाधि दावेदार जर्मनीले फिफा विश्वकप २०२२ कतारका लागि अन्तिम टोली घोषणा गरेको छ ।

प्रशिक्षक हान्सी फ्लिकले मिडफिल्डर मारिओ गोट्जेसँगै युवा फरवार्ड युसुफा मौकोकोलाई टोलीमा समेट्द अनुभवी डिफेन्डर म्याट्स हमल्सले भने टोलीमा स्थान बनाउन सकेनन् । युवा फरवार्ड करीम एडेयेमी, जमाल मुसियाला र डिफेन्डर आर्मेल बेला कोच्यापले पनि अन्तिम टोलीमा स्थान बनाएका छन् ।
चोटका कारण फरवार्ड टिमो वेर्नर र मिडफिल्डर मार्को रिउस टोलीमा पर्न सकेनन् । विश्वकपमा जर्मनी समूह ई मा रहेको छ । जर्मनीको समूहमा स्पेन, कोस्टारिका र जापान रहेका छन् । जर्मनीले पहिलो खेल २३ नोभेम्बरमा जापानसँग खेल्नेछ ।
२६ सदस्यीय अन्तिम टोली :
गोलरक्षक : म्यानुएल नोएर, मार्क आन्दर टेर स्टेगन, केभिन ट्रयाप
डिफेन्डर : आर्मेल बेला कोचाप, माथिअस जिन्टर, क्रिस्टियन गन्टर, थिलो केहरर, लुकास क्लोस्टरम्यान, डेविड रम, एन्टोनियो रुडीगर, निको स्लोटरबेक, निकलस सुल
मिडफिल्डर/फरवार्ड : करीम एडेयेमी, जुलियान ब्रान्ट, निकलस फुलक्रुग, सर्ज नाब्री, लिओन गोरेट्जका, मारियो गोट्जे, इल्काए गुन्डोगन, काइ हाभर्ट्ज, जोनास हफम्यान, जोशुवा किम्मिख, युसुफा मौकोको, जमाल मुसियाला, थोमस मुलर, लेरोय साने
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]