default_image

3 years ago

November 10, 2022

लुकाकुलाई समेट्दै बेल्जियमको टोली घोषणा

195 views

0 Bookmark

एजेन्सी – चोटसँग संघर्ष गरिरहेको फरवार्ड रोमेलु लुकाकुलाई समेट्दै बेल्जियमले कतार विश्वकप २०२२ को लागि अन्तिम टोली घोषणा गरेको छ ।

बेल्जियमका प्रशिक्षक रोबर्टो मार्टिनेजले बिहीबार विश्वकपका लागि २६ सदस्यीय टोली घोषणा गरेको हो । बाया तिघ्रामा लागेको चोटका कारण लुकाकुले यो सिजन इटालियन क्लब इन्टर मिलानका लागि केवल ५ खेल मात्रै खेलेका छन् ।

प्रशिक्षक मार्टिनेजले राष्ट्रिय टोलीका सर्वाधिक गोलकर्ता लुकाकुलाई समूह चरणको कम्तीमा पनि एक खेल खेल्न सक्ने अवस्था रहेकोले टोलीमा राखिएको बताएका छन् ।

लुकाकुले ह्यामस्ट्रिङको चोटले सिजनको सुरुमा दुई महिना मैदान बाहिर रहेका थिए । त्यसपछि पूनरागमन गरेपनि उनले चोट बोक्न पुगेका थिए ।

युरी टिलेमान्स, वाउट फेस, टिमोथी कास्टाग्ने, लिआन्ड्रो ट्रोसार्ड, लिन्डर डेन्डन्कर र अमाडो ओनानाले पनि बेल्जियमको टोलीमा स्थान बनाएका छन् । मिडफिल्डर केभिन डि ब्रुएनाले पनि टोलीमा स्थान बनाउँदा डिभोक ओरिगी र अल्बर्ट साम्बी लोकोंगाले विश्वकप गुमाउनेछन् ।

बेल्जियमले नोभेम्बर २३ मा क्यानडासँग खेल्दै विश्वकपको शुरुवात गर्नेछ । त्यसको चार दिनपछि मोरक्कोसँग तथा १ डिसेम्वरमा क्रोएसियासँग खेल्ने तालिका छ ।

बेल्जियमको पूर्ण टोली

गोलकिपर – थिबाउट कोर्टुवा, सिमोन मिग्नोलेट र कोएन कास्टेल्स

डिफेन्डर – जान भर्टोन्घन, टोबी एल्डरवेरेल्ड, वाउट फेस, आर्थर थिएट, जेनो डेबास्ट, थोमस म्युनियर र टिमोथी कास्टग्ने

मिडफिल्डर – केभिन डि ब्रुएना, युरी टिलेमान्स, अमाडो ओनाना, एक्सेल विट्सेल, हान्स भानाकेन, लिअन्डर डेन्डोन्कर, यान्निक कारास्को र थोरगन हाजार्ड

फरवार्ड – इडेन हाजार्ड, चाल्स डि केटेलेर, लिआन्ड्रो ट्रोसार्ड, ड्रिज मर्टेन्स, जेरेमी डोकु, रोमेलु लुकाकु, मिसी बात्सुयाई र लोइस ओपेन्डा

December 14, 2025

एपिएफ साफ क्लब च्याम्पियनसिपको फाइनल नजिक

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको‌ कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]

December 14, 2025

कास्य पदक विजेता चन्द्रसहित बक्सिङ टोली स्वदेश फर्कियो

काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा‌ सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको‌ छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]

December 14, 2025

एपिएफ र कराँची सिटी खेल्दै

काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]

Success

Thank you for your time.