3 years ago
November 10, 2022
एजेन्सी – फिफा विश्वकप २०२२ कतारको लागि इंग्ल्यान्डले अन्तिम टोलीको घोषणा गरेको छ । प्रशिक्षक ग्यारेथ साउथगेटले मिडफिल्डर जेम्स म्याडीसनलाई समेट्दै २६ सदस्यीय अन्तिम टोली घोषणा गरेका हुन् ।

म्यानचेस्टर युनाइटेडका फरवार्ड मार्कस रासफर्ड र न्युकासल युनाइटेडका क्यालम विल्सनले टोलीमा स्थान बनाउँदा ब्रेन्टफर्डका आइभन टोनीले भने टोलीसँग कतार यात्रा गर्ने छैनन् । वेस्ट ह्यामका जेरड बोवेन टोलीमा नपर्दा म्यानचेस्टर सिटीका मिडफिल्डर काल्भिन फिलिप्स भने टोलीमा रहने छैनन् ।
चोटका कारण डिफेन्डरद्वय रिस जेम्स र बेन चिल्वेल टोलीमा रहेका छैनन् । इंग्ल्यान्ड विश्वकपको समूह बी मा रहेको छ । यस समूहमा वेल्स, इरान र अमेरिका पनि छन् । इंग्ल्यान्डले पहिलो खेल २१ नोभेम्बरमा इरानसँग खेल्नेछ ।
इंग्ल्यान्डको अन्तिम टोली :
गोलरक्षक : जोर्डन पिकफर्ड, निक पोप, आरोन राम्सडेल
डिफेन्डर : ह्यारी मगाएर, लुक शा, एरिक डाएर, जोन स्टोन्स, काइल वाल्कर, काइरान ट्रीपिएर, कनर कोडी, बेन व्हाइट, ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड
मिडफिल्डर : जुड बेलिंघम, मेसन माउन्ट, कनर ग्यालाघर, डेक्लन राइस, जोर्डन हेन्डरसन, काल्भिन फिलिप्स
फरवार्ड : जेम्स म्याडीसन, फिल फोडेन, ज्याक ग्रिलिस, ह्यारी केन, बुकायो साका, रहिम स्टर्लिङ, क्यालम विल्सन, मार्कस रासफर्ड
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]