3 years ago
November 11, 2022
एजेन्सी – दुई पटकको उपाधि विजेता तथा यस पटकको उपाधि दावेदार अर्जेन्टिनाले फिफा विश्वकप २०२२ कतारका लागि अन्तिम टोली घोषणा गरेको छ ।

लिओनेल मेस्सीको कप्तानीमा घोषित टोलीमा चोटका कारण फिट हुन संघर्षरत फरवार्डद्वय एन्जल डी मारिया र पाउलो डिबालालाई पनि टोलीमा समेटिएको छ । अर्जेन्टिनाले म्यानचेस्टर सिटीका फरवार्ड जुलियन अल्भारेजलाई टोलीमा समेट्द भेट्रान मिडफिल्डर आल्हान्द्रो गोमेज पनि टोलीमा अटाएका छन् ।
अर्जेन्टिना विश्वकपको समूह सी मा रहेको छ । यस समूहमा साउदी अरब, मेक्सिको र पोल्यान्ड पनि छन् । अर्जेन्टिनाले पहिलो खेल २२ नोभेम्बरमा साउदी अरबसँग खेल्नेछ ।
अर्जेन्टिनाको पूर्ण टोली :
गोलरक्षक : एमिलियानो मार्टिनेज, जेरोनिमो रुल्ली, फ्रान्को अर्मानी
डिफेन्डर : नाहेल मोलिना, गोन्जालो मोन्टिएल, क्रिस्टियन रोमेरो, जर्मन पेजेला, निकोलस ओटामेन्डी, लिसान्द्रो मार्टिनेज, मार्कस अकुना, निकोलस टाग्लीयाफिको, जान फोयथ
मिडफिल्डर : रोड्रीगो डे पल, लिआन्द्रो पारेडेस, एलेक्सिस म्याकलिस्टर, गिडो रोड्रीग्वेज, आलेहान्द्रो गोमेज, एन्जो फर्नान्डेज, एजेक्वेल पालासिओस
फरवार्ड : लिओनेल मेस्सी, एन्जल डी मारिया, लौटारो मार्टिनेज, जुलियन अल्भारेज, निकोलस गोन्जालेज, जोआक्विन कोरिया, पाउलो डिबाला
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफ दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनल नजिक पुगेको छ। पाकिस्तानको कराँची सिटी एफसीलाई १-० ले हराउँदै एपिएफ फाइनल नजिक पुगेको हो। दोस्रो जितसँगै ७ अंकका साथ एपिएफ शीर्ष स्थानमा उक्लिएको छ। पहिलो खेल नासिर स्पोर्टस एकेडेमीलाई ४-० ले हराएको एपिएफ दोस्रो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको थियो। […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दुबईमा सम्पन्न आइबिए पुरुष विश्व बक्सिङ च्याम्पियनसिपको ५४ केजी तौल समूहमा कास्य पदक जितेका बक्सर चन्द्र बहादुर थापासहित नेपाली बक्सिङ टोली स्वदेश फर्केको छ। तेस्रो स्थान प्राप्त गरेका चन्द्रले पुरस्कारवापत चन्द्रले ७५ हजार अमेरिकी डलर प्राप्त गरेका छन् । सेमिफाइनल उनी काजकस्तानका खेलाडीसँग ५-० ले पराजित भएका थिए। क्वाटरफाइनलमा इरानका महेदी काजमीलाई ५-० […]
December 14, 2025
काठमाडौं (हाम्रो खेलकुद)- एपिएफको २ खेलको प्रदर्शनलाई हेर्दा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी साफ महिला क्लब च्याम्पियनसिपको फाइनलको दाबेदार देखिन्छ। तर आज हुने खेलको नतिजा एपिएफलाई फाइनल पुग्नका लागि महत्वपूर्ण हुनेछ। भारतीय क्लब इस्ट बंगाल लगातार २ खेल जित्दै ६ अंकका साथ शीर्ष स्थानमा छ। इस्ट बंगाल च्याम्पियनसिपको मुख्य दाबेदारका रुपमा देखिएको छ। एपिएफले २ खेलमा […]