9 years ago
December 25, 2016
पोखरा (हाम्रो खेलकुद)– सिएमजी काठमाडौंले छ्रैठौ एसओएस बगर भाइखलक भेट्रान फुटबलको उपाधि जितेको छ । नाइट किंग सानो गौचरनलाई टाइब्रेकरमा ३–२ ले हराउँदै सिएमजीले उपाधिसहित ७५ हजार रुपैयाँ जित्यो । यी दुई टोलीबीच फाइनलको निर्धारित समय १–१ को बराबरीमा टुंगिएको थियो ।

आकाश गुरुङले फ्रिकिकमा गोल गर्दै नाइट किंगलाई पहिलो हाफमा अग्रता दिलाएका थिए । दोस्रो हाफमा सिएमजीका बिजय गुरुङले पेनाल्टी मार्फत बराबरी गोल फर्काए । पेनाल्टी सुटआउटमा सिएमजीका संजीव वैद्य, कल्याण खड्गी र चेतनारायण श्रेष्ठले गोल गरे । नाइट किंगका सरोज थापा र निमा लामा मात्र गोल गर्न सफल भए । मनु गौतमको पेनाल्टीलाई गोलकिपरले रोकेपछि सिएमजी विजयी बनेको थियो ।
दोस्रो टोलीले ५० हजार रुपैयाँ प्राप्त गर्यो । सिएमजीका संजीत कुमार बैद्य फाइनलका म्यान अफ दी म्याच घोषित भए ।सानो गौचरनका निमा लामा प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए । ४ गोल गरेका सिएमजीका चेतनारायण श्रेष्ठ सर्वाधिक गोलकर्ता बने । आदिवासी भेट्रान क्लब काठमाडौं अनुशासित टोली घोषित भयो ।

विजेता र उपविजेता टोली खेलाडीलाई पश्चिमाञ्चल क्षेत्रिय प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक कमल सिंह बम, प्रथम पुरस्कार प्रायोजक सरोज गुरुङका पिता बिर वहादुर गुरुङ, दोश्रो पुरस्कार प्रायोजक जापान भिमकाली पाटनका प्रतिनीधी, आयोजक बगर भाइखलकका अध्यक्ष दिल बहादुर गुरुङ पुरस्कृत गरे ।
December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]