9 years ago
December 25, 2016
दमौली(हाम्रो खेलकुद) – सत्यवती माविले दोस्रो वाराही कप अन्तरविद्यालय फुटबल प्रतियोगिताको उपाधि जितेको छ । आइतबार भएको फाइनल खेलमा आयोजक व्यास १० स्थित वाराही आवासिय माविको ‘ए’ लाई ३–० ले हराउँदै सत्यवतीले उपाधि जितेको हो ।

सत्यवतीले उपाधिसहित १५ हजार र वाराहीले १० हजार रुपैयाँ प्राप्त गर्यो । वाराही मावि ‘ए’ का अश्विन गुरुङ उत्कृष्ट खेलाडी, निर्मल माविका गणेश वंशी सर्वाधिक गोलकर्ता र वाराही ‘बी’ का सन्जय श्रेष्ठ उत्कृष्ट गोलकिपर घोषित भए । प्रतियोगितामा आदर्श विद्या गृहको टिम अनुशासित टोली घोषित भयो ।
सत्यवती मावि आयोजकको ‘बि’ टोलालाई र वाराही ‘ए’ ले निर्मल माविलाई ट्राइबेकरमा हराउँदै अन्तिम दुईमा पुगेका थिए । प्रतियोगितामा १४ विद्यालयको सहभागिता थियो । विजेता र उपविजेता टोलीका खेलाडीलाई अखिल नेपाल फुटबल संघ (एन्फा) का केन्द्रिय सदस्य एवंम् तनहुँका जिल्ला अध्यक्ष रत्नकुमार श्रेष्ठले पुरस्कृत गरे ।

December 15, 2025
हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]
December 15, 2025
एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]
December 15, 2025
एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]