default_image

9 years ago

December 25, 2016

रुस्लान थ्री स्टारले खेल्न नपाउनुमा दोषी को ? समितिले आज प्रतिवेदन बुझाउँने

133 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – रुस्लान थ्री स्टार क्लबले एएफसी कप २०१७ को प्ले अफ खेल्न नपाउनुको सत्य तथ्य छानविन गर्न अखिल नेपाल फुटबल संघ (एन्फा) ले गठन गरेको समितिले सोमबार प्रतिवेदन बुझाउँदैछ । सचिवालयको कमजोरी भएको स्वीकार गरिसकेको एन्फाले आफुमाथिको आलोचनालाई मथ्थर पार्ने प्रयास स्वरुप मंसिर २४ गते १५ दिनको समय सिमा तोक्दै उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा तीन सदस्यीय छानविन समिति गठन गरेको थियो ।

ANFA Three Star Help

‘एसियाली फुटबल महासंघ (एएफसी) ले एन्फालाई पठाएको इमेल र त्योसँग सम्बन्धितसँगको छलफलपछि हामीले प्रतिवेदन लगभग तयार गरिसकेका छौं । थोरै बाँकी छ त्यो पनि आज पुरा हुनेछ ’ संयोजक खड्काले भने, ‘ हामीलाई दिएको समय सिमा हिजो सकिएपनि सरकारी विदाका कारण आज दिउँसो सम्म प्रतिवेदन बुझाउने तयारीमा छौं ।’ एन्फा केन्द्रिय सदस्य रमेश रायमाझी र विकास निर्देशक सञ्जिव मिश्र समितिको सदस्य छन् । सोही विषयमा छानविन गर्न राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले पनि अलग्गै पाँच सदस्यीय समिति गठन गरेको छ ।

एन्फाको लापरवाहीका कारण समूह चरण पार गरेपनि थ्री स्टार एएफसी कप प्ले अफ खेल्नबाट बञ्चित भएको थियो । एएफसीले पटक पटक पत्राचार गर्दा पनि एन्फाले त्यसलाई वेवास्ता गरेपछि थ्री स्टारको सट्टा मंगोलियाको इर्चिमले प्रतियोगितामा भाग लिने अवसर पाएको थियो । एन्फाका कारण क्लब र नेपाली फुटबललाई ठूलो क्षति पुगेको ठहर गर्दै थ्री स्टारले ६ करोड रुपैयाँ क्षतिपूर्ती र दोषीमाथि कारवाहीको माग गर्दै आएको छ । एन्फा र थ्री स्टार पदाधिकारीबीच समस्या समाधानका लागि एकपटक अनौपचारिक बैठक बसेपछि सहमति बन्न नसकेको बताइएको छ ।

दोषीमाथि कारवाही हुन्छ भन्ने प्रश्नमा समितिका संयोजक खड्काले भने,‘समितिलाई छानविन गर्ने सम्मको जिम्मेवारी हो । हामीले यो विषयमा सबै विवरण र दोष कसको थियो, सबै उल्लेख गर्नेछौं । कारवाहीका विषयमा एन्फाको केन्द्रिय समितिले नै निर्णय गर्नुपर्ने हुन्छ ।’ समितिले आज एन्फा अध्यक्ष नरेन्द्र श्रेष्ठलाई प्रतिवेदन बुझाउनेछ । एन्फा अध्यक्ष श्रेष्ठ, महासचिव धिरेन्द्र प्रदान, सिइओ इन्द्रमान तुलाधर तथा कर्मचारी गोकुल थापा र बसन्त रिजालसँग एन्फा इमेलको पार्सवर्ड रहेको बताइएको छ । एन्फाले समिति गठन गर्नुबाहेक थ्री स्टारका विषयमा आधिकारिक धारणा सर्वजनिक गरेको छैन ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.