3 years ago
November 14, 2022
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल खेलाडी संघले प्रिजेन तामाङको उपचारमा सहयोग गर्न अभिभावक संस्था अखिल नेपाल फुटबल संघ (एन्फा) लाई आग्रह गरेको छ ।

उमेर समूहको च्याम्पियन टोलीको सदस्य रहेका प्रिजेन ब्लड क्यान्सरको उपचार गराइसकेका छन् । खेलाडी संघले खेलाडीहरुकोतर्फबाट प्रिजेनको शीघ्र स्वास्थ लाभको कामना गर्दै एन्फालाई उपचारमा सहयोग गर्न आग्रह गरेको हो । विक्रमका अनुसार प्रिजेनको हाल भारतको नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा उपचार भइरहेको छ ।
संघका अध्यक्ष विक्रम लामाले सोमबार एन्फा अध्यक्ष पंकजविक्रम नेम्बाङलाई सहयोगको आग्रहको पत्र बुझाएका छन् । एन्फा एकेडेमीका उत्पादन प्रिजेन तीन वर्ष अघि स्वदेशमा भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) र यु १८ साफ च्याम्पियनसिपको च्याम्पियन टोलीका सदस्य हुन् ।

आश लाग्दा युवा खेलाडीले त्रिभुवन आर्मी फुटबल क्लबबाट ललित स्मृति यू १८ च्याम्पियनसिप जितेका थिए । फ्रेन्ड्स क्लबबाट ए डिभिजन लिग खेलेका प्रिजेन नेपाल सुपर लिग (एनएसएल) को पहिलो संस्करणको विजेता काठमाडौं रेजर्सका सदस्य थिए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]