default_image

1 year ago

November 21, 2022

पहिलो हाफमै इंग्ल्यान्डको तीन गोल

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ अन्तर्गत समूह बी को पहिलो खेलमा इंग्ल्यान्डले इरानविरुद्ध सानदार सुरुवात गरेको छ । खलिफा रंगशालामा जारी पहिलो हाफमा इंग्ल्यान्ड ३-० ले अघि छ । इंग्ल्यान्डले खेलको सुरुवाती समयमा इरानले खेल्ने कुनै अवसर नै दिएन । बल पोसेसनमा एकपक्षीय पकड कायम राखेको इंग्ल्यान्डले अवसर सदुपयोग भने गर्न सकेन । […]

139 views

0 Bookmark

कतार (हाम्रो खेलकुद) – फिफा विश्वकप २०२२ अन्तर्गत समूह बी को पहिलो खेलमा इंग्ल्यान्डले इरानविरुद्ध सानदार सुरुवात गरेको छ । खलिफा रंगशालामा जारी पहिलो हाफमा इंग्ल्यान्ड ३-० ले अघि छ ।

इंग्ल्यान्डले खेलको सुरुवाती समयमा इरानले खेल्ने कुनै अवसर नै दिएन । बल पोसेसनमा एकपक्षीय पकड कायम राखेको इंग्ल्यान्डले अवसर सदुपयोग भने गर्न सकेन । सिमित समय बल राख्ने अवसर पाएको इरानले विपक्षी हाफमा बिरलै बल लगेको थियो ।

चोटका कारण भने इरानले २० औं मिनेटमा नै गोलरक्षक परिवर्तन गर्नुपरेको थियो । इंग्ल्यान्डको फ्रिकिक डिफेन्स गर्ने क्रममा गोलरक्षक अली बेइरन्भान्द आफ्नै डिफेन्डरसँग ठोक्किन पुगेका थिए । अनुहारमा चोट लागेका उनीमाथि केहि समय उपचारपछि खेल सुचारु भएको थियो । तर केहीबेरमा नै उनी ढलेपछि खेल अघि बढ्न सकेन । स्ट्रेचरमा मैदान बाहिर लागेका उनको स्थानमा होसेन होसेनी मैदान प्रवेश गरे ।

३० औं मिनेटमा इंग्ल्यान्डको निरन्तर बल राख्दै अघि बढ्ने रणनीतिमा अवसर सिर्जना भएको थियो । तर बुकायो साकाको क्रसमा कप्तान ह्यारी केनको सुरुवात प्रहार साइड नेटमा लाग्न पुग्यो । ३२ औं मिनेटमा इंग्ल्यान्डको अग्रता लिने प्रयासमा क्रसबार बाधक बन्यो । काइरान ट्रीपिएरको कर्नरमा ह्यारी मगाएरको हेडर क्रसबारमा लागेर फर्केको थियो ।

३५ औं मिनेटमा इंग्ल्यान्डले अन्तत: अग्रता लियो । जुड बेलिंघमले उत्कृष्ट टिम मुभलाई गोलमा परिणत गरे । लुक शाको अन्तिम क्रसलाई उनले हेडरमार्फत गोल गरेका थिए ।

इंग्ल्यान्डले सेट पिसमार्फत नै खेलमा अग्रता दोब्बर पार्यो । ४३ औं मिनेटमा बुकायो साकाले गोल गर्दै पहिलो हाफमा २-० को अग्रता दिलाए । उनले मगाएरले कर्नरमा फर्काएको हेडरलाई भलीमा गोल गरे ।

पहिलो हाफमा गोलरक्षक घाइते हुँदा खर्च भएको समयलाई परिपूर्ति गर्न १४ मिनेट समय थपिएको थियो । तर इन्ज्युरी समयको पहिलो मिनेटमा इंग्ल्यान्ड अर्को गोल थप्न सफल भयो । रहिम स्टर्लिङले ह्यारी केनको पासमा गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए । इन्ज्युरी समयको ११ औं मिनेटमा इरानका अलिरेजा जाहानबक्सले गोल फर्काउने सुन्दर अवसर खेर फाले ।

April 20, 2024

हालान्डले चेल्सीविरुद्धको खेल गुमाउने सम्भावना!

एजेन्सी – म्यानचेस्टर सिटीका नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डले चेल्सीविरुद्ध हुने एफए कपको सेमिफाइनल गुमाउने सम्भावना बढेको छ । एफए कपको सेमिफाइनलमा आज राति सिटीले चेल्सीसँग वेम्वली स्टेडियममा प्रतिस्पर्धा गर्दैछ । बुधबार च्याम्पियन्स लिगको क्वाटरफाइनलको दोस्रो लेगमा रियल म्याड्रिडसँग टाइब्रेकरमा ४–३ पराजित हुँदा समस्या देखिएपछि हालान्डलाई अन्तिम समयमा परिवर्तन गरिएको थियो । सिटीका प्रशिक्षक पेप […]

April 20, 2024

माने चम्कँदा अल नासरको पूनरागमन जित

एजेन्सी – सेनेगली फरवार्ड साडियो मानेको उच्च प्रदर्शनमा अल नासरले साउदी प्रो लिगमा सानदार पूनरागमन जित निकालेको छ । घरेलु मैदानमा १-० ले पछि परेको स्थिति उल्ट्याएर अल नासरले अल फयामाथि ३-१ को सानदार पूनरागमन जित दर्ता गरेको हो । अल नासरको जितमा साडियो मानेले २ तथा अब्दुलेह अल एम्रीले १ गोल गरे । अल […]

April 19, 2024

इंग्लिस क्लब च्याम्पियन्स र युरोपा लिगकाे क्वाटरफाइनलबाटै बाहिर

एजेन्सी – विश्व फुटबलमा सर्वाधिक चर्चित र बढी हेरिने इंग्लिस प्रिमियर लिगका टोलीहरु यसपल्ट युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको क्वाटरफाइनलबाटै बाहिरिएका छन् । यससँगै २१औं शताब्दीमा तेस्रोपटक इङ्ल्यान्डका कुनैपनि टोली च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा पुग्न असफल भएको हो । यसअघि इंंग्लिस टोली सन् २००२–०३ र २०१४–१५ को […]

Success

Thank you for your time.