default_image

3 years ago

December 15, 2022

विश्वकप २०२२ का पाँच अप्रत्याशित नतिजा

233 views

0 Bookmark

एजेन्सी– कतारमा जारी फिफा विश्वकप फुटबल उपाधिका लागि अर्जेन्टिना र फ्रान्सबीच प्रतिस्पर्धा हुने भएको छ । २२ औं संस्करणको विश्वकपको दोस्रो सेमिफाइनलमा साविक विजेता फ्रान्सले मोरक्कोलाई २–० तथा पहिलो सेमिफाइनलमा अर्जेन्टिनाले क्रोएसियालाई ३–० ले हराउँदै फाइनलमा स्थान पक्का गरेको हो ।

फाइनल पुस ३ गते राती ८ः४५ बजे लुसेल आइकोनिक रंगशालामा हुनेछ । कतार विश्वकपमा यस पटक धेरै आश्चर्यजनक र अप्रत्याशित नतिजाहरु रहे । साना मानिएका टोलीले विश्व फुटबलमा राज गर्दै आएका टोलीलाई स्तब्ध पारे ।

चार पटकको च्याम्पियन जमर्नी पहिलो चरणबाटै बाहिरिनु पर्यो । एसियाका टोली जापान र साउदी अरेवियाले यस विश्वकपमा सनसनी मच्चाउन सफल भए ।

पोर्चुगल तथा वर्तमान समयका विश्व फुटबलका महान् खेलाडी क्रिष्टियानो रोनाल्डोको विश्वकप जित्ने सपना अधुरै रह्यो । फिफा विश्वकप २०२२ का पाँच अप्रत्याशित नतिजाहरु यस प्रकार छन् ।

५. ब्राजिल क्यामरुनसँग स्तब्ध

विश्वकपको सर्वाधिक सफल टोली ब्राजिल समूह जी को अन्तिम खेलमा क्यामरुनसँग १–० ले स्तब्ध हुन पुग्यो । विश्व वरियता शीर्ष स्थानमा रहेको ब्राजिल ४३ औं स्थानमा रहेको क्यामरुनसँग पराजित भएपनि समूह विजेता बन्दै अन्तिम १६ मा पुगेको थियो ।

निर्धारित ९० मिनेटमा दुबै टोलीबाट गोल हुन सकेको थिएन । थप गरेको दोस्रो मिनेटमै क्यामरुनका भिन्सेन्ट अबुबकारले गोल गर्दै जित दिलाएका थिए । तर क्यामरुन जितका बाबजुद अन्तिम १६ मा स्थान बनाउन सकेन ।

४.जापानसँग जर्मनी स्तब्ध

चार पटकको च्याम्पियन जर्मनीको समूह इ बाट तेस्रो स्थानमा रहँदै बाहिरिनु पर्यो । जर्मनी पहिलो खेलमै जापानसँग २–१ ले पराजित भएको थियो । त्यो हार जर्मनीको लागि सुपर १६ मा पुग्न बाधक बन्यो ।

३० औं मिनेटमा जर्मनीले पेनाल्टीको अवसर पाएको थियो । गुन्डोगनले पेनाल्टीमा गोलरक्षकलाई विपरित दिशामा पठाउँदै अग्रता दिलाएका थिए । ७५ औं मिनेटमा वैकल्पिक खेलाडीको रुपमा प्रवेश गरेका रित्सु डोआनले गोल गर्दै १–१ को बराबरीमा पुर्याए ।

८४ औं मिनेटमा ताकुमी असानोको गोल गरेपछि जापानले २–१ को अग्रता लिएको थियो । विश्व वरियतामा ११ औं स्थानमा रहेको जर्मनीलाई २४ औं स्थानमा रहेको जापानसँगको हारनै पहिलो चरणबाटै बाहिरिनुको कारण बन्यो ।

३. पोर्चुगल मोरक्कोसँग पराजित

रोनाल्डोको अन्तिम विश्वकपमा उपाधि जित्ने सपना मोरक्को बाधक बन्यो । रोनाल्डो आफ्नो विश्वकप उपाधि सपना साकार पार्न मात्रै तीन कदम टाढा थिए । तर क्वाटरफाइनल खेलमा पोर्चुगल मोरक्कोसँग १–० ले स्तब्ध हुँदै बाहिरिनु पर्यो ।

अल थुमामा रंगशालामा १–० को जित दर्ता गर्दै मोरक्को विश्वकपको सेमिफाइनमा प्रवेश गर्ने पहिलो अफ्रिकी राष्ट्र बन्दै इतिहास रचेको थियो । पोर्चुगलका प्रशिक्षक फर्नान्डो सान्तोसले कप्तान रोनाल्डोलाई पहिलो हाफमा बेन्चमा राखेका थिए । रोनाल्डोसँगको चिसो सम्बन्धको कारण बेन्चमा राख्ने निर्णय पोर्चुगललाई भारी परेको थियो ।

२. ब्राजिल क्रोएसियासँग पराजित

विश्वकपको सर्वाधिक सफल टोली ब्राजिल क्वाटरफाइनलमा टाइब्रेकरमा क्रोएसियासँग ४–२ ले पराजित हुँदै बाहिरियो । निर्धारित समयमा दुवै टोलीबाट गोल हुन सकेन । त्यसपछि थप गरेको ३० मिनेटमा दुवै टोलीले गोल गरेपछि १–१ को बराबरी अवस्थामा पुगेको थियो ।

ब्राजिलको लागि १ सय ६ औं मिनेटमा नेयमारले गोल गर्दै १–० को अग्रता दिलाएका थिए । तर १ सय १७ औं मिनेटमा क्रोएसियाका ब्रुनो पेट्कोभिचले गोल गरेपछि खेल पुनः बराबरीमा आएको थियो ।

टाइब्रेकरमा क्रोएसियाका निकोलस भ्लासिच, लोभ्रो माएर, लुका मोड्रीच र मिस्लाभ ओर्सिचले गोल गरे । तर ब्राजिलका रोड्रीगो र मार्किन्हसको गोल हुन नसकेपछि दक्षिण अमेरिकी टोली बाहिरिनु परेको थियो । यस विश्वकपको सबैभन्दा बलियो मानिएको ब्राजिल क्रोएसियासँग टाइब्रेकरमा पराजित हुँदै बाहिरिनु परेको थियो ।

१.अर्जेन्टिना साउदी अरेवियासँग पराजित

अर्जेन्टिना तेस्रो विश्वकप उपाधिदेखि एक कदम टाढा छ । लियोनल मेस्सीको कप्तानीमा रहेको अर्जेन्टिना पहिलो खेलमै साउदी अरेवियासँग २–१ ले स्तब्ध हुन पुगेको थियो । तर त्यसपछि पोल्यान्ड र मेक्सिकोलाई हराउँदै समूहको शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाएको थियो ।

लुसेल रंगशालामा पहिलो हाफको सुरुवातमै कप्तान लिओनेल मेस्सीले पेनाल्टीमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाएका थिए । तर त्यसपछि भने अर्जेन्टिनाले खेलमा गोल गर्न सकेन । साउदी अरेवियाले उत्कृष्ट पूनरागमनका साथ दुई गोल गर्दै उपाधि दाबेदार अर्जेन्टिनालाई स्तब्ध पार्दै विश्व फुटबलमै तहल्का पिट्यो ।

दोस्रो हाफको सुरुवाती ४८ औं मिनेटमा सालेह अल सेहरीले सुन्दर फिनिस गर्दै खेल बराबरीमा ल्याएका थिए । बराबरी गरेको ५ मिनेटमै सालेम अल दसारी साउदीलाई अप्रत्याशित अग्रता दिलाए । समूह सी मा सबैभन्दा कमजोर मानिएको साउदी अरेवियासँग अजेन्टिनाको हारले विश्व फुटबलमै तहल्का पिट्यो । साउदी त्यसपछि विजयी हुन नसक्दा पुछारमा रहेर बाहिरिएको थियो ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.