3 years ago
December 20, 2022
एजेन्सी – फिफा विश्वकप कतार २०२२ को उपाधि जितेको अर्जेन्टिनी राष्ट्रिय फुटबल टोली मंगलबार स्वदेश पुगेसँगै राजधानी ब्युनस आएर्सस्थित प्रख्यात ओबेलिस्कमा कार्यक्रम राखिएको छ । उक्त कार्यक्रममा उपस्थित हुन तथा खुसियाली मनाउन अर्जेन्टिनी सरकारले मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

अर्जेन्टिनी सरकारले राष्ट्रिय टोलीको जितमा खुलेर खुसीयाली मनाउन बिदा दिएको जनाएको छ । त्यस्तै अर्जेन्टिना फुटबल संघले विज्ञप्ति जारी गर्दै विश्व च्याम्पियन टोलीले मंगलबार दिउँसो ओबेलिस्क क्षेत्रमा समर्थकमाझ उपाधिको खुसियाली मनाउनेछ । सोमबार कतारबाट अर्जेन्टिना प्रस्थान गरेको टोली मंगलबार विहान त्यहाँ पुगेर विमानस्थल नजिक रहेको संघको प्रशिक्षण केन्द्रमा आराम गर्नेछ ।
अर्जेन्टिनाले फ्रान्सलाई पेनाल्टी सुटआउटमा ४-२ ले पराजित गर्दै उपाधि जितेको थियो । अतिरिक्त समयमा ३-३ को बराबरीपछि खेलको निर्णय पेनाल्टी सुटआउटमा भएको थियो । आइतबार लुसेल रंगशालामा सम्पन्न फाइनल खेललाई धेरैले हालसम्मकै उत्कृष्ट फाइनलको उपमा दिएका छन् ।
अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीले उपाधि जितेसँगै अर्जेन्टिना फर्कन आतुर रहेको बताएका थिए । ‘म अर्जेन्टिना पुगेर त्यहाँको वातावरण हेर्न चाहन्छु । म समर्थकमाझ खुसी साट्न चाहन्छु । यो क्षणमा रम्न चाहन्छु,’ मेस्सीले भने ।
अर्जेन्टिनी टोली रोम हुँदै अर्जेन्टिना पुग्दैछ । नेपाली समयअनुसार मंगलबार मध्यान्हमा अर्जेन्टिना पुगेपछि टोलीले विश्राम लिनेछ । यो समाचार तयार पार्दाको समयमा ७३ हजार जनाले विश्व प्रसिद्ध फ्लाइट राडर २४ को वेबसाइटमा अर्जेन्टिनी टोली चढेको विमानको यात्रा पछ्याइरहेका छन् ।

December 8, 2025
एजेन्सी – रियल म्याड्रिड ला लिगामा आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]
December 7, 2025
काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]
December 7, 2025
एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]