default_image

3 years ago

December 21, 2022

अर्जेन्टिनाको बस यात्रा रोकेर खेलाडीलाई हेलिकप्टरबाट लगियो

286 views

0 Bookmark

एजेन्सी – फिफा विश्वकप कतार २०२२ को विजेता अर्जेन्टिनाले मंगलबार राजधानी ब्युनस आएर्सस्थित ओबेल्सिक क्षेत्रमा विजयी र्याली गर्ने कार्यक्रम रहेको थियो ।

समर्थकको अत्याधिक चापका कारण आठ घण्टाको र्याली बिचमा रोकेर हेलिकप्टरबाट खेलाडीलाई र्याली पूरा गराइएको थियो । ब्युनस आएर्समा झन्डै ४० लाख समर्थक उपस्थित भएपछि सुरक्षा व्यवस्था मिलाउन हम्मे हम्मे परेको थियो । र्यालीमा खेलाडीलाई परिक्रमा गराएको बसमै समर्थक चढ्न खोजेपछि स्थिति नियन्त्रण गर्न हेलिकप्टरबाट सहर परिक्रमा गराउनुपरेको थियो ।

अर्जेन्टिनाले विश्वकपको उपाधि जितेपछि मंगलबार सार्वजनिक बिदा दिँदै उपाधिको खुसियाली मनाउने निर्णय गरेको थियो । जसका लागि देशभरबाट राजधानी बुनस आएर्समा समर्थक जम्मा भएका थिए । रातको २ बजे टोली विमानस्थलमा आउँदा नै लाखौं समर्थकले टोलीलाई पछ्याएका थिए । दिउँसो ११:४५ देखि सुरु भएको अधिकारिक विजय र्याली पनि समर्थकको चापका कारण पूरा हुन सकेको थिएन ।

अर्जेन्टिनी फुटबल संघका अध्यक्ष चिकी टापियाले खेलाडीको तर्फबाट माफी समेत मागेका थिए । ‘खेलाडीको तर्फबाट म हजारौं माफी माग्दैछु । समर्थकमाझ खुसी मनाउन नपाउँदा दुख लागेको छ,’ उनले भने ।

December 8, 2025

सेल्टासँग रियल म्याड्रिड स्तब्ध

एजेन्सी – रियल म्याड्रिड ला लिगामा‌ आइतवार पराजित भएको छ। घरेलु मैदान सान्टियागो बेर्नाबेउमा भएको खेलमा ९ खेलाडीमा सिमित हुँदै रियल सेल्टा भिगोसँग २-० ले स्तब्ध भएको छ। रियलले शीर्ष स्थानको बार्सिलोनासँगको अंक दूरी घटाउने अवसर गुमाएको छ। खेलको २४औँ मिनेटमा रियलका डिफेन्डर एदर मिलिताओ ह्यामस्ट्रिङ चोटका कारण मैदानबाट बाहिरिए। त्यसले टोलीको रक्षापक्ति थप कमजोर […]

December 7, 2025

आरसिटी अन्नपूर्णको फुटबल प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं (हाम्रो खेलकुद)- उमेर समूहका उत्कृष्ट खेलाडी उत्पादन गर्ने उद्देश्यले अन्नपूर्ण आरसीटीले आयोजना गरेको ३० साताको फुटबल स्तर अभिवृद्धि प्रशिक्षण कार्यक्रम आइतबार सम्पन्न भएको छ । असार १४ गते सुरु भएको यस ग्रासरुटको कार्यक्रममा ७१ खेलाडीको सहभागिता थियो । त्यसमध्ये २२ किशोरी रहेका थिए । लैनचोर युवा क्लबको सहयोगमा चैनचोर फुटबल मैदानमा आयोजित प्रशिक्षण कार्यक्रम […]

December 7, 2025

लिभरपुललाई लिड्सले रोक्यो

एजेन्सी – प्रिमियर लिगमा शनिवार लिड्स युनाइटेडले निकै रोमाञ्चक खेलमा लिभरपुललाई ३-३ को बराबरी रोकेको छ। इन्जुरी समयको छैंटौं मिनेटमा जापानी खेलाडी एओ तानाकाले गोल गरेपछि लिड्सले एक अंक जोगाउन सफल भयो। खेलको ४८ र ५० औं मिनेटमा लिभरपुलका ह्युगो एकिटिकेले दुई गोल गर्दै टोलीलाई २–० को अग्रता दिलाए। तर लिड्सले खेलमा फर्कने प्रयास जारी […]

Success

Thank you for your time.