default_image

3 years ago

January 4, 2023

शीर्षस्थानको आर्सनल रोकियो, ब्राइटनको सानदार जित

223 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमिर लिगको शीर्षस्थानमा रहेको आर्सनल बराबरीमा रोकिदा ब्राइटनले सानदार जित हात पारेको छ ।

मंगलबार राति भएको खेलमा आर्सनल घरेलु मैदानमा न्यूक्यासल युनाइटेडसँग गोलरहित बराबरीमा रोकिएको हो । घरेलु मैदान इमिरेट्स स्टेडियममा ६७ प्रतिशत बल पोसेसन राखेपनि आर्सनलले न्यूक्यासलको बलियो रक्षापङ्ति तोड्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

प्रिमियर लिगमा यो सिजन उच्च प्रदर्शन गरिरहेको आर्संनलको यो दोस्रो बराबरी हो । यसअघि आर्सनलले साउथह्याम्टनसँग १–१ गोलको बराबरी खेलेको थियो ।

यस बराबरीपछि दुई अंक गुमाएको आर्सनल १७ खेलबाट ४४ अंक जोडेर शीर्षस्थानमा यथावत रहेको छ । आर्सनलले दोस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीलाई ८ अंकले पछि पारेको छ । सिटीले एक खेल कम खेलेको छ ।

आर्सनलले १७ खेलमा १४ जित, २ बराबरी र १ हारको नतिजा निकालेको छ । आर्सनलले यो सिजनको प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडसँग मात्रै हार बेहोरेको छ । सेप्टेम्वरमा आर्सनलले युनाइटेडलाई ३–१ ले नतिजा सुम्पिएको थियो । यस्तै यो सिजन उच्च प्रदर्शन गर्दै तेस्रो स्थानमा रहेको न्यूक्यासलको १८ खेलबाट ३५ अंक पुगेको छ ।

यता, अर्काे खेलमा ब्राइटनले एभर्टनलाई उसकै मैदानमा ४–१ को हार चखाएको छ । ब्राइटनको जितमा काओरु मितोमा, इभान फर्गुसन, सोलेी मार्स र पास्कल ग्रसले गोल गरे । एभर्टनका डिमाराई ग्रेले एक गोल फर्काए ।

गुडिसन पार्कमा ब्राइटनले खेलको १४औं मिनेटमा मितोमाको गोलबाट अग्रता लिएको थियो । उनेल मोसेस काइसेडोको पासमा गोल गर्न सफल भएका थिए ।दोस्रो हाफमा ७ मिनेटको अन्तरमा तीन गोल थप्दै ब्राइटनले सहज जित हात पार्न सफल भयो ।

५१औं मिनेटमा इभान फर्गुसनले गोल गर्दै ब्राइटनको अग्रता दोब्बर पारे । ५४औं मिनेटमा सोली मार्सले इभानको पासमा गोल गरेपछि ब्राइटनले खेलमा ३–० को अग्रता बनायो ।

५७औं मिनेटमा पास्कलले गोल गर्दै ब्राइटनलाई ४–० ले अघि बढाए । इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा डिमाराई ग्रेले पेनाल्टीमा गोल गर्दै खेललाई ४–१ को स्थितिमा ल्याएपनि ब्राइटन विजयी हुन सफल भयो ।

यस जितसँगै ब्राइटन १७ खेलबाट २७ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ । पराजित एभर्टन १५ अंक जोडेर १६औं स्थानमा छ ।

यस्तै अर्काे खेलमा फुलहमले लेस्टरलाई १–० ले पराजित गरेको छ । १७औं मिनेटमा एलेक्सान्डर मित्रोभिचले गरेको गोल नै फुलहमको जितमा पर्याीत बन्यो । यस जितसँगै फुलहम १८ खेलबाट २८ अंक जोडेर सातौं स्थानमा उक्लिएको छ । पराजित लेस्टर १७ अंक जोडेर १३औं स्थानमा छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.