default_image

3 years ago

January 5, 2023

रोमाञ्चक जित निकाल्दै बार्सिलोना अन्तिम १६ मा

246 views

0 Bookmark

एजेन्सी – तेस्रो श्रेणीको सिएफ इन्टरसिटीमाथि अतिरिक्त समयमा रोमाञ्चक जित निकाल्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बार्सिलोनाले इन्टरसिटीलाई अतिरिक्त समयमा ४–३ ले पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको हो । बार्सिलोनाको जितमा रोनाल्ड एराउजो, औसमाने डेम्बेले, राफिन्हा र अन्सु फातीले गोल गरे । इन्टर सिटीका २१ वर्षीय आक्रमक मिडफिल्डर ओरिओल सोल्डेभिलाले ह्याट्रिक पूरा गरेपनि हार टार्न सकेन ।

स्टेडियो जोश रिको पेरेज एलिकेन्ट स्पेनमा बुधबार राति भएको खेलमा बार्सिलोनाले बल पोसेसन राख्दै बलियो पकड बनाएपनि जितको लासग अतिरिक्त समय नै कुर्नुपरेको थियो ।

खेलको चौथो मिनेटमा एराउजोको गोलबाट बार्सिलोनाले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । ५९औं मिनेटमा ओरिओल सोल्डेभिलाले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

६६औं मिनेटमा डेम्वेलेको गोलबाट बार्सिलोनाले पुनः खेलमा २–१ को अग्रता लिन सफल भयो । ७४औं मिनेटमा ओरिओल सोल्डेभिलाले व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए ।

७७औं मिनेटमा राफिन्हाले गोल गर्दै पुन बार्सिलोनालाई खेलमा ३–२ ले अघि बढाए । ८६औं मिनेटमा ओरिओल सोल्डेभिलाले ह्याट्रिक पूरा गरेपछि ३–३ गोलको बराबरी हुँदा खेल अतिरिक्त समयमा लम्बियो ।

ओरिओल सोल्डेभिला सन् २०२१ काे फेब्रअरीपछि बार्सिलाेनाविरुद्ध ह्याट्रिक गर्ने पहिलाे खेलाडी हुन् । त्यसबेला पिएसजीका केलियन एमबाप्पेले ह्याट्रिक प्रहार गरेका थिए ।

अतिरिक्त समयको १३औं मिनेटमा अन्सु फातीले गोल गर्दै बार्सिलोनालाई खेलमा पुनः ४–३ ले अघि बढाए । त्यसपछि थप गोल निस्कन नसक्दा बार्सिलोना विजयी हुन सफल भयो ।

बार्सिलोनासँग लगातार दवाव झेलेको इन्टरसिटीले काउन्टर अट्याकमा पाएको मौकालाई सदुपयोग गर्दै बार्सिलोनालाई बलियो चुनौती पेश गरेको थियो । इन्टर सिटी दोस्रो डिभिजनमा पनि रेलिगेसन क्षेत्रमा रहेको छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.