default_image

3 years ago

January 5, 2023

भुटनिज युथ आहा रारा पोखरा गोल्डकपको फाइनलमा

212 views

0 Bookmark

विजय नेपाली, पोखरा
चर्च ब्वाइज युनाइटेड क्लबको पनि आहा रारा पोखरा गोल्कपको यात्रा सेमिफाइनलमा टुंगिको छ । अघिल्लो दुई खेलमा उच्च प्रदर्शन गर्दै अघि बढेको चर्च ब्वाइज युनाइटेडको यात्रा बिहीबार भुटनिज युथ एससी अमेरिका रोकिदिएको छ ।

१–० ले विजयी हुँदै भुटनिज युथ आहा रारा पोखरा गोल्डकपको फाइनल पुगेको छ । उपाधिका लागि शनिबार भुटनिज टोलीले संकटा क्लबसँग प्रतिस्पर्धा गर्नेछ । संकटाले साविक विजेता नेपाल एपिएफ फुटबल क्लबलाई हराउँदै अन्तिम दुईको यात्रा तय गरेको थियो ।
दश खेलाडीमा सिमिति चर्च ब्वाइजविरुद्ध भुटनिज युथले पहिलो हाफमा गरेको गोल नै निर्णायक बनेको छ । रोजित प्रजापतिले भुटनिज टोलीका लागि गोल गरेका थिए । आशिष चौधरीले रातो कार्ड पाउँदै मैदान छाडेपछि चर्च ब्वाइज १० खेलाडीमा सिमित भएको थियो ।

पहिलो खेलमा भुटनिज युथले मनाङ मस्याङ्दी क्लबलाई हराएको थियो । सहारा क्लब पोखराको आयोजनामा जारी प्रतियोगिताको विजेताले १२ लाख र दोस्रो हुने टोलीले ६ लाख रुपैयाँ प्राप्त गर्नेछ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.