3 years ago
January 6, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका फरवार्ड विमल घर्तीमगरले लिग च्याम्पियन मछिन्द्र फुटबल क्लबसँगको सम्झौता नवीकरण गरेका छन् ।

मछिन्द्रले शुक्रबार फरवार्ड विमलले क्लबसँगको सम्झौता नवीकरण गरेको जनाएको छ । विमलले थप एक सिजनका लागि मछिन्द्रसँग सम्झौता थप गरेको क्लबले जनाएको छ । उनी पछिल्लो दुई सिजन यता मछिन्द्रमै छ । उनले गत सिजन ४ गाेल गरेका थिए ।
मछिन्द्रले २०७६ मा पहिलो पटक सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बन्दा उनले लिगको अन्तिम खेल खेलेका थिए । गत वर्ष मछिन्द्र पुन लिग च्याम्पियन बन्दा उनले महत्वपुर्ण भुमिका निभाएका थिए ।
पोखरामा जारी आहा रारा पोखरा गोल्डकपमा विमलले मछिन्द्रबाटै खेलेका थिए । मछिन्द्रले मिडफिल्डर पुजन उपरकोटीलाई मनाङ र अर्का मिडफिल्डर प्रशान्त अवस्थीलाई सातदोबाटो युथ क्लबबाट अनुबन्ध गरिसकेको छ ।
नयाँ सिजनको ’ए’ डिभिजन लिग फागुन १९ गतेबाट सुरु हुँदैछ । ‘उ’ डिभिजन लिगका लागि सबै १४ टोलीले तयारी खर्चसँगै क्लब दर्ता गरिसकेको अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]