default_image

3 years ago

January 8, 2023

लिभरपुल र वल्भ्सको बराबरी

170 views

0 Bookmark

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब लिभरपुल र वल्भ्सले एफए कपको तेस्रो चरणको खेलमा बराबरी खेलेका छन् । लिभरपुल र वल्भ्सले २–२ गोलको बराबरी खेलेका हुन् ।

एनफिल्डमा शनिबार राति भएको खेलमा लिभरपुलका डार्विन नुनेज र मोहम्मद सलाहले गोल गर्दा वल्भ्सका गोन्कालो गुइडेस र ही चान ह्वाङले गोल गरे ।

खेलको २६औं मिनेटमा गोन्कालो गुइडेसको गोलबाट लिभरपुल १–० ले पछि परेको थियो । ४५औं मिनेटमा डार्विन नुनेजले ट्रेन्ट एलेक्सान्डर आर्नाेल्डको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५२औं मिनेटमा मोहम्मद सलाहको गोलबाट लिभरपुलले खेलमा २–१ को अग्रता लिन सफल भयो । तर, लिभरपुलले त्यो अग्रतालाई जोगाउन सकेन । परिवर्तित खेलाडी ही चान ह्वाङले मैदान छिरेको तेस्रो मिनेटमै गोल गर्दै खेलाई २–२ गोलको बराबरीमा ल्याए । उनी ६३औं मिनेटमा रुवेन नेभेसको स्थानमा मैदान छिरेका टिए ।

त्यसपछि दुवै टोलीबाट थप गोल नभएपछि खेल बराबरीमा सकिएको छ । अब यि दुई टोलीले अर्काे साता प्रतिस्पर्धा गर्नेछ ।

यस्तै तेस्रो राउन्डमा साउथह्याम्टन, प्रेस्टन, रिडिङ, टोटेनहम, बर्नले, एसरिङ्टन, फ्लिटवुड, फुलहम, ब्राइटन, सन्डरल्यान्ड, वेस्ट ह्याम, रेक्सम, ग्रिम्सवी, सेफिल्ड वेनस्डेले सफलता हात पार्दै चौथो चरणमा प्रवेश गरेका छन् ।

चेस्टरफिल्ड र वेस्ट ब्रुम तथा लुटन र विगानले बराबरी खेलेका छन् । उनीहरुले पनि रिप्ले खेल्नेछ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.