3 years ago
January 10, 2023
एजेन्सी – विश्व उपविजेता फ्रान्सका कप्तान तथा गोलरक्षक ह्युगो लोरिसले अन्तर्राष्ट्रिय खेलबाट सन्यासको घोषणा गरेका छन् ।

३६ वर्षीय लोरिसले फिफा विश्वकप कतार २०२२ सकिएको ३ सातापछि अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् । फ्रान्सका प्रशिक्षक डिडिएर डेसच्याम्प्सले आफ्नो सम्झौता जून २०२६ सम्म लम्ब्याएपछि लोरिसको यो निर्णय आएको हो ।
२०१८ को च्याम्पियन फ्रान्स २०२२ मा अर्जेन्टिनासँग पेनाल्टीसुटआउटमा ४–२ ले पराजित हुँदै उपविजेतामा सीमित बनेको थियो । लोरिसकै कप्तानीमा फ्रान्सले २०१८ मा विश्वकपको ट्रफी उचालेको थियो ।
‘मैले सबथोक दिएको महसुस गर्दै अन्तर्राष्ट्रिय खेलबाट सन्यास लिने निर्णय गरेको छु ।’ इंग्लिस क्लब टोटेनहम हटस्परका समेत कप्तान रहेका लोरिसले सन्यासको घोषणा गर्दै भने, ‘मलाई लाग्छ कि यो अहिले घोषणा गर्नु महत्वपूर्ण छ । किनकि युरो छनोट सुरु साँढे दुई महिनाको समय छ । फ्रान्स युरो २०२४ को छनोट समूहमा जिब्राल्टर, ग्रीस, नेदरल्यान्ड्स र रिपब्लिक अफ आयरल्याण्ड रहेको समूहमा छ ।

लोरिसले नोभेम्बर २००८ मा उरुग्वेविरुद्धको मैत्रीपूर्ण खेलबाट २१ वर्षको उमेरमा अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेका थिए । उनले विश्वकपको फाइनलमा अर्जेन्टिनासँगको हारमा आफ्नो १ सय ४५औं क्याप जितेका थिए जसले उनलाई फ्रान्सको कीर्तिमानी उपस्थिति बनाएको थियो । लोरिसले १ सय २१ पटक फ्रान्सको कप्तानी गरेका छन् । जुन कीर्तिमान पनि हो ।
‘विश्वकप सकिएदेखि नै मैले यसबारे सोचिरहेको थिएँ, तर मभित्र छ महिनादेखि केही गहिरो कुरा थियो र जुन प्रतियोगिताको क्रममा बढ्दै गयो, जसले मलाई यो निर्णय गर्न बाध्य बनायो ।’ लोरिसले भने ।
लोरिसले थपे, ‘एउटा समय आउँछ जब तपाइँ एकै ठाउँमा जानु पर्छ । मैले सधैं भनेको छु कि फ्रान्सेली राष्ट्रिय टोली कुनै एक व्यक्तिको होइन । त्यहाँ गोलकिपर एसी मिलानका (माइक मेगनान) तयार छ । र मलाई मेरो लागि, मेरो परिवार र मेरा बच्चाहरूको लागि अलि बढी समय चाहिन्छ ।’
झन्डै १५ वर्ष फ्रान्सको गोलकिपर हुनु ठूलो कुरा हो, तर यो मानसिक रूपमा पनि थकित छ । मलाई आशा छ कि आफ्नो लागि केही समय निकाल्दा मलाई अझै केही वर्ष उच्च स्तरमा खेलिरहन सक्नेछ ।’ लोरिसले थपे ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]