3 years ago
January 22, 2023
एजेन्सी – नर्वेली फरवार्ड एर्लिङ ब्राउट हालान्डको ह्याट्रिक सहयोगमा म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सहज जित हात पारेको छ ।

सिटीले घरेलु मैदानमा वल्भ्समाथि ३–० को सहज जित हात पारेको हो । सबै तीन गोल हालान्डले गरे । इतिहाद स्टेडियममा आइतबार राति भएको खेलमा घरेलु टोली सिटीले बल पोसेसन राख्दै पाहुना टोलीमाथि दवाव बढाउँदै ४०औं मिनेटमा अग्रता लिन सफल भएको थियो । उनले केभिन डि ब्रुएनाको पासमा गोल गर्न सफल भएका थिए ।
५०औं मिनेटमा हालान्डले पेनाल्टीमा व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै सिटीको अग्रता दोब्बर पारे । इल्केए गुन्डोगानलाई रुवेन नेभेसले फउल गरेपछि रेफ्रीले सिटीलाई पेनाल्टी प्रदान गर्दा हालान्ड चुकेनन् ।
५४औं मिनेटमा हालान्डले ह्याट्रिक पूरा गरेपछि सिटीले खेलमा ३–० को आरामदायी अग्रता कायम गर्न सफल भयो । उनले रियाद महारेजको पासमा गोल गर्न सफल भए । प्रिमियर लिगमा हालान्डको यो १८औं खेलमा २५ गोल हो । उनले ३ असिस्ट पनि दिएका छन् । त्यसपछि थप गोल निस्कन नसक्दा सिटी विजयी हुन सफल भयो ।
यस जितसँगै सिटीले शीर्षस्थानको आर्सनलसँगको अंक दुरी २ मा छोट्याएको छ । दोस्रो स्थानमा रहेको सिटीको २० खेलबाट ४५ अंक पुगेको छ । २ खेल कम खेलेको आर्सनलको ४७ अंक छ । पराजित वल्भ्स १७ अंक जोडेर १७औं स्थानमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]