default_image

3 years ago

January 23, 2023

पेड्रीको गोलमा बार्सिलोनाको जित

264 views

0 Bookmark

एजेन्सी – स्पेनिस युवा मिडफिल्डर पेड्रीको गोलमा शीर्षस्थानमा रहेको क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा जित निकालेको छ ।

बार्सिलोनाले घरेलु मैदानमा गेटाफेमाथि १–० को साँघुरो जित निकालेको हो । बार्सिलोनाको जितमा पेड्रीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो ।

क्याम्प नोउमा आइतबार राति भएको खेलमा पेड्रीले ३५औं मिनेटमा राफिन्हाको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि पनि खेलमा दवदवा बनाएको बार्सिलोनाले थप गोल भने गर्न सकेन ।

यस जितसँगै शीर्षस्थानमा रहेको बार्सिलोनाको १७ खेलबाट ४४ अंक पुगेको छ । बार्सिलोना रियल म्याड्रिडभन्दा ३ अंकले अघि छ । पराजित गेटाफे १८ खेलबाट १७ अंक जोडेर १६औं स्थानमा छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.