3 years ago
January 23, 2023
एजेन्सी – इटालियन सिरी ‘ए’ मा युभेन्ट्स र एटलान्टाले रोमाञ्चक बराबरी खेल्दै अंक बाँडेका छन् । युभेन्ट्स र एटलान्टाले ३–३ गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।

युभेन्ट्सका एन्जल डि मारिया, एर्काडिअस्ज मिलिक र डानिलोले गोल गर्दा एटलान्टाका एडेमोला लुकमानले दुई तथा जोआकिम माइहलले एक गोल गरे ।
एलिएन्ज स्टेडियम टोरिनोमा आइतबार राति भएको खेलको पाँचौं मिनेटमा एडेमोलाको गोलबाट एटलान्टाले १–० को अग्रता लिन सफल भयो । उनले जेरेमी बोगाको पासमा गोल गर्न सफल भएका थिए ।
२५औं मिनेटमा एन्जल डि मारियाले पेनाल्टीमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ३४औं मिनेटमा एर्काडिअस्ज मिलिकले गोल गर्दै युभेन्ट्सलाई पहिलो हाफमा २–१ को अग्रता दिलाए । उनले निकोला फोगिओलीको पासलाई सदुपयोग गरेका थिए ।
४६औं मिनेटमा जोआकिमले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले एडिमोला लुकमानको पासलाई सदुपयोग गरेका थिए ।
५३औं मिनेटमा एडिमोलाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै एटलान्टालाई ३–२ ले अघि बढाए । ६५औं मिनेटमा डानिलोले डि मारियाको पासमा गोल गर्दै युभेन्ट्सलाई हारबाट जोगाए ।
यस बराबरीसँगै एटलान्टा १९ खेलबाट ३५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ । युभेन्ट्स १९ खेलबाट २३ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
ट्रान्सफर बजारमा खेलाडी खरिद विक्री तथा अन्य विषयसहित आर्थिक प्रतिवेदनमा सहि हिसाब नदेखाएको भन्दै इटालीको फुटबल महासंघले युभेन्टसलाई कारवाही गर्दै १५ अंक घटाइएको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]