default_image

3 years ago

January 26, 2023

रियल म्याड्रिड र एटलेटिको म्याड्रिड भिड्दै

367 views

0 Bookmark

एजेन्सी – स्पेनिस कोपा डेल रे अन्तर्गत क्वाटरफाइनलमा चरणमा रियल म्याड्रिड र एटलेटिको म्याड्रिड भिड्दैछन् । खेल नेपाली समय अनुसार विहीबार मध्यरात १:४५ बजे हुनेछ ।

यी दुई टोलीबीच गत सेप्टेम्बरमा भएको लिग भिडन्तमा रियल म्याड्रिडले २-१ को जित दर्ता गरेको थियो । उक्त खेलमा घरेलु मैदानमा हार बेहोरेको एटलेटिको आज रियलको मैदान सान्टियागो बर्नाबाउमा बदला लिने सुरमा हुनेछ । रियलले यसै महिना बार्सिलोनासँग सुपर कपमा हार बेहोरेको थियो । आजको खेलमा पराजित भए रियल अर्को उपाधिबाट बन्चित हुनेछ ।

कोपा डेल रे को अन्तिम १६ मा रियलले भिल्लारियललाई पराजित गरेको थियो । उक्त खेल रियल पहिलो हाफमा २-० ले पछि परेको थियो । रियलले सन् २०१३-१४ यता कोपा डेल रे जित्न सकेको छैन । प्रशिक्षक कार्लो एन्सेलोटि पछिल्लो ८ वर्षमा फाइनल पुग्न नसकेको खडेरी तोड्ने प्रयासमा हुनेछन् ।

घरेलु मैदानमा रियल म्याड्रिड यस सिजन खेलेको १० खेलमा अपराजित छ । तर टोलीले यसक्रममा मात्र एक खेलमा क्लिन सिट राखेको छ । एटलेटिकोविरुद्ध घरेलु मैदानमा खेलेको पछिल्लो ४ खेलमा टोलीले गोल नखाई जित हासिल गरेको छ ।

एटलेटिकोले कोपा डेल रे को अन्तिम १६ मा लेभान्तेलाई २-० ले पराजित गरेको थियो । लिगमा अपेक्षित प्रदर्शन गर्न नसकेको टोली यसपटक नकआउट प्रतियोगितामा उपाधि जित्ने प्रयासमा छ । तर यी दुई टोलीबीच पछिल्लो १३ प्रतिस्पर्धात्मक खेलमा रियल २ पटक मात्र पराजित भएको छ ।

खेलको पूर्वसन्ध्यामा एटलेटिकोका अल्ट्राज समर्थक समूहले रियल म्याड्रिडका ब्राजिलियन विंगर भिनिसियस जुनिअरलाई लक्षित गर्दै प्रदर्शन गरेका थिए । एटलेटिको आफैंले पनि आफ्नो समर्थक समूहको यस कदमको भर्त्सना गरेको छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.