default_image

1 year ago

January 27, 2023

अल नासर साउदी सुपर कपबाट बाहिरियो

100 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोको कप्तानीमा रहेको अल नासर साउदी सुपर कपबाट बाहिरिएको छ ।

विहीबार सम्पन्न सेमिफाइनलमा अल इतिहादसँग ३-१ ले पराजित भएपछि रोनाल्डोको साउदीमा उपाधि जित्ने लक्ष्य पूरा हुन सकेन । विजयी टोलीका लागि रोमारिन्हो, हम्दाल्लाह र मोहमद अलशान्कितिले गोल गरे । एन्डरसन टालिस्काको गोल निर्णय बदल्न पर्याप्त रहेन ।

खेलमा अधिकांश समय बलमा पकड जमाएपनि अल नासरले पाएको अवसर सदुपयोग गर्न सकेन । यता अल इतिहादले काउन्टर अट्याकमा लगातार समस्या सिर्जना गर्दै अल नासरको डिफेन्सलाई दवावमा राख्यो ।

१५ अ‍ौं मिनेटमा रोमारिन्हो र ४३ अ‍‍ौं मिनेटमा हम्दाल्लाहले गोल गर्दै इतिहादलाई पहिलो हाफमा २-० ले अघि बढाए । ६७ अ‍ौं मिनेटमा टालिस्काले गोल फर्काउँदै सम्भावना देखाएपनि इन्ज्युरी समयमा अलशान्कितिले इतिहादको जित सुनिश्चित गरे ।

यसपटक नयाँ नियम लागु भएका कारण अल नासरले सुपर कपमा प्रतिस्पर्धा गर्न पाएको थियो । विगतमा दुई टोली खेल्ने सुपर कपमा यसपटक चार टोली समेटिएका थिए । लिग र किंग्स कपको शीर्ष दुई टोली छनोट हुने व्यवस्था गरिएको हो । तर अल हिलाल लिग विजेता र कप उपविजेता रहेकाले लिगको तेस्रो अल नासरले अवसर पाएको थियो ।

विहीबार नै भएको अर्को सेमिफाइनलमा किंग्स कपको विजेता अल फाएहाले अल हिलाललाई १-० ले हरायो । सोमबार अल इतिहाद र अल फाएहाबिच फाइनल खेल हुनेछ ।

July 16, 2024

मनाङ मर्स्याङ्दी र मछिन्द्रको विजयी सुरुवात

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र फुटबल क्लबले विजयी सुरुवात गरेका छन् । मंगलबार भएको दिनको पहिलो खेलमा मनाङ मर्स्याङ्दीले संकटा क्लब विरुद्ध १-० को जित हात पारेको हो । मनाङ मर्स्याङ्दीका लागि विशाल चन्दले ४०औं मिनेटमा एकमात्र गोल गरे । दिनको दोस्रो खेलमा मछिन्द्रले त्रिभुवन आर्मीका क्लबलाई […]

July 16, 2024

एमबाप्पे रियल म्याड्रिड खेलाडीका रुपमा सार्वजनिक

एजेन्सी – फ्रान्सको राष्ट्रिय फुटबल टोलीका कप्तान किलियन एमबाप्पे मंगलबार सान्टियागो बर्नाबाउमा रियल म्याड्रिडका खेलाडीको रुपमा सार्वजनिक भएका छन् । एमबाप्पे २०२३/२४ क्लब सिजनको अन्त्यपछि फ्री ट्रान्सफरमा पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट रियल गएका हुन् । २५ वर्षीय फरवार्डलाई स्वागत गर्न रियलको रंगशालामा ८० हजारभन्दा बढी समर्थक उपस्थित थिए ।  पिएसजीमा रहँदा एमबाप्पेले ६ पटक […]

July 16, 2024

साउथगेटले इंग्ल्याण्डको मुख्य प्रशिक्षकको जिम्मेवारी छाडे

एजेन्सी – इङ्ल्यान्ड राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक ग्यारेथ साउथगेट जिम्मेवारीबाट अलग भएका छन् । साउथगेटले युरो कप फाइनलको हारपछि मुख्य प्रशिक्षक पदबाट राजीनामा दिएको इङ्ल्यान्ड फुटबल एसोसिएसनले जनाएको हो । जर्मनीमा आइतबार भएको फाइनलमा इङ्ल्यान्ड स्पेनसँग २-१ ले पराजित भएको थियो । यो साउथगेटको प्रशिक्षणमा इङ्ल्यान्डको लगातार दोस्रो युरो कप फाइनल हार थियो । […]

Success

Thank you for your time.