default_image

3 years ago

January 27, 2023

अल नासरका प्रशिक्षकले हारको दोष रोनाल्डोमाथि थोपरे

301 views

0 Bookmark

एजेन्सी – प्रशिक्षक रुडी गार्सियाले पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले पहिलो हाफमा पाएको अवसरमा गोल गर्न नसक्नु अल नासर साउदी सुपर कपको सेमिफाइनलमा पराजित हुनुको कारण रहेको बताएका छन् ।

विहीबार सम्पन्न सेमिफाइनलमा अल इतिहादसँग ३-१ ले पराजित भएपछि रोनाल्डोको नयाँ क्लबमा उपाधि जित्दै सुरुवात गर्ने लक्ष्य पूरा हुन सकेन । विजयी टोलीका लागि रोमारिन्हो, हम्दाल्लाह र मोहमद अलशान्कितिले गोल गरे । एन्डरसन टालिस्काको गोल निर्णय बदल्न पर्याप्त रहेन ।

खेलमा अधिकांश समय बलमा पकड जमाएपनि अल नासरले पाएको अवसर सदुपयोग गर्न सकेन । यता अल इतिहादले काउन्टर अट्याकमा लगातार समस्या सिर्जना गर्दै अल नासरको डिफेन्सलाई दवावमा राख्यो ।

१५ अ‍ौं मिनेटमा रोमारिन्होले गोल गर्दै इतिहादलाई अग्रता दिलाएका थिए । त्यसपछि रोनाल्डोले पाएको सुवर्ण अवसर खेर फाले । प्रशिक्षक गार्सियाले खेलपछि बोल्दै रोनाल्डोले उक्त अवसर सदुपयोग गरेको भए खेलको नतिजा फरक हुने अभिव्यक्ति दिए ।

‘खेलको रुप नै परिवर्तन भयो । यदि रोनाल्डोले त्यो अवसर सदुपयोग गरेको भए खेल हाम्रो पक्षमा पनि आउँथ्यो होला, गार्सियाले भने ।

रोनाल्डोको मिसपछि ४३ अ‍‍ौं मिनेटमा हम्दाल्लाहले गोल गर्दै इतिहादलाई पहिलो हाफमा २-० ले अघि बढाए । ६७ अ‍ौं मिनेटमा टालिस्काले गोल फर्काउँदै सम्भावना देखाएपनि इन्ज्युरी समयमा अलशान्कितिले इतिहादको जित सुनिश्चित गरे ।

यसपटक नयाँ नियम लागु भएका कारण अल नासरले सुपर कपमा प्रतिस्पर्धा गर्न पाएको थियो । विगतमा दुई टोली खेल्ने सुपर कपमा यसपटक चार टोली समेटिएका थिए । लिग र किंग्स कपको शीर्ष दुई टोली छनोट हुने व्यवस्था गरिएको हो । तर अल हिलाल लिग विजेता र कप उपविजेता रहेकाले लिगको तेस्रो अल नासरले अवसर पाएको थियो ।

विहीबार नै भएको अर्को सेमिफाइनलमा किंग्स कपको विजेता अल फाएहाले अल हिलाललाई १-० ले हरायो । सोमबार अल इतिहाद र अल फाएहाबिच फाइनल खेल हुनेछ ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.