3 years ago
January 27, 2023
पोखरा (हाम्रो खेलकुद) – गण्डकी विश्व विद्यालयले आयोजना गरेको प्रथम कुलपति रनिङ सिल्ड फुटबल प्रतियोगिताको उपाधिका लागि कालिका माध्यमिक विद्यालयले जितेको छ ।

पोखरा रंगशालामा शुक्रबार भएको फाइनलमा भद्रकाली माध्यमिक विद्यालयलाई २–० ले पराजित गर्दै उपाधि जितेको हो । कालिकाको जितमा कप्तान टिका गुरुङ र सज्जन बराइलीले समान एक गोल गरे ।
टिकाले खेलको ३५औं मिनेटमा गोल गर्दै कालिकालाई पहिलो अग्रता दिलाएका थिए । ८७औं मिनेटमा सज्जनले गोल गर्दै टोलीलाई जित दिलाए ।
उपाधिसँगै कालिकाले ट्रफीसहित १ लाख पुरस्कार प्राप्त गरेको छ । उपविजेता बनेको भद्रकाली ५० हजार रुपैयाँ प्राप्त ग¥यो ।प्लेयर अफ द टुर्नामेन्ट कालिकाका मन्दीप घले गुरुङ घोषित भए । उनले नगद १५ हजारसहित ट्रफि प्राप्त गरे । विजयी टोली तथा खेलाडीलाई गण्डकी प्रदेशका सामाजिक विकास तथा स्वास्थ्य मन्त्री पञ्चराम गुरुङले पुरस्कृत गरे ।
यो विश्वविद्यालय नेपालमै पहिलो पटक प्रदेश सरकारद्वारा स्थापना गरेको विश्वविद्यालय हो । विश्वविद्यालयले विभिन्न शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्नुका साथसाथै विश्वविद्यालयले अन्वेषण र अनुसन्धानलाई समेत प्राथमिकतामा राख्दै आइरहेको छ । यो विश्वविद्यालय स्नातक तहमा खेलकुद व्यवस्थापन विषयको पठनपाठन सुरु गरेको नेपालकै पहिलो र एकमात्र विश्वविद्यालय हो ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]