default_image

3 years ago

January 29, 2023

अन्जनको आइलिग डेब्युमा केन्क्रेको हार

234 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद) – राष्ट्रिय फुटबल टोलीका फरवार्ड अन्जन विष्टले भारतको आइलिगमा डेब्यु गरेको खेलमा उनको टोली मुम्बई केन्क्रे फुटबल क्लबले हार बेहोरेको छ । आइतबार इएमएस कर्पोरेसन रंगशालामा गोकुलम केरालाले केन्क्रेलाई १-० ले हराएको हो ।

खेलको २१ औं मिनेटमा साविक विजेता केरालाका लागि सर्जियो मेन्डीगुत्सियाले गरेको गोल नै निर्णायक सावित भयो । उनले विकासको राइट विंगबाट आएको क्रसलाई हेडरमार्फत गोलमा परिणत गरेका थिए । खेलको दोस्रो हाफमा केराला १० खेलाडीमा समेटिएको थियो । तर अन्तिम आधा घण्टा एक खेलाडी बढी भएपनि केन्क्रे खेलमा फर्कन सकेन ।

अन्जनले केन्क्रेका लागि सुरुवाती रोजाइमा खेल्दै डेब्यु गरेका थिए । ६० औं मिनेटमा पापुइआको चिपमा अन्जनको डाइभिङ हेडरले पोस्टको दिशा लिन नसक्दा खेलमा केरालाको अग्रता कायम रहेको थियो ।

केन्क्रे यस हारसँगै लिगको रेलिगेसन क्षेत्रमा कायम रहेको छ । १२ टोली सहभागी लिगमा केन्क्रे १४ खेलमा १३ अंकसाथ ११ औं स्थानमा छ । पुछारको सुदेभा दिल्लीको ११ खेलमा २ तथा दशौं स्थानको नेरोका एफसीले १४ अंक जोडेको छ ।

अन्जनको टोलीले अब अर्को खेलमा नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङको सामना गर्नेछ । खेल बुधबार साँझ ७ बजे हुनेछ । किरणको टोली राउण्डग्लास पन्जाब फुटबल क्लब १३ खेलमा २९ अंकका साथ शीर्षस्थानमा छ ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.