3 years ago
January 30, 2023
एजेन्सी – इटालियन सिरी ‘ए’ को शीर्षस्थानमा रहेको नेपोलीले १३ अंकको स्पष्ट अग्रता लिन सफल भएको छ ।आइतबार राति रोमालाई २–१ ले पराजित गरेपछि नेपोलीले १३ अंकको स्पष्ट अग्रता लिँदै उपाधि होडलाई थप मजवुत बनाएको हो ।

घरेलु मैदानमा नेपोलीको जितमा भिक्टर ओसिमहेन र जियोभानी सिमिओनले गोल गरे । रोमाका स्टेफन अल सारावेले एक गोल फर्काए ।
डिएगो अर्मान्डो म्याराडोना रंगशालामा नेपोलीको खेलको १७औं मिनेटमा भिक्टर ओसिमहेनको गोलबाट अग्रता लिन सफल भयो । ७५औं मिनेटमा स्टेफन अल सारावेले बराबरी गोल फर्काए । त्यसपछि ८६औं मिनेटमा जियोभानी सिमिओनले गोल गर्दै नेपोलीको जित पक्का गरे ।
यस जितसँगै नेपोलीको २० खेलबाट ५३ अंक पुगेको छ । दोस्रो स्थानको इन्टर मिलानको ४० अंक छ । पराजित रोमा ३७ अंक जोडेर छैटौं स्थानमा छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]