default_image

1 year ago

February 1, 2023

इन्टर कोपा इटालियाको सेमिफाइनलमा

200 views

0 Bookmark

एजेन्सी – साविक विजेता इन्टर मिलान कोपा इटालियाको सेमिफाइनलमा प्रवेश गरेको छ । सिरी ‘ए’ प्रतिद्धन्द्धी एटलान्टालाई १–० ले पराजित गर्दै इन्टरले अन्तिम चारमा स्थान पक्का गरेको हो ।

घरेलु मैदानमा इन्टरको जितमा दोस्रो हाफमा माटियो डारमिएनले गरेको गोल नै निर्णायक बन्यो । उनले ५७औं मिनेटमा लोउटारो मार्टिनेजको पासमा गोल गर्न सफल भएका थिए ।

मिलानोमा मंगलबार राति भएको रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका केही प्रयास गरेपनि थप गोल निस्कन नसक्दा माटियो डारमिएनको गोल नै निर्णायक बन्यो ।

अब इन्टरले सेमिफाइनलमा युभेन्ट्स र लाजियोबीचको विजेतासँग खेल्नेछ । गत सिजन इन्टरले युभेन्ट्सलाई नै हराएर उपाधि जितेको थियो ।

लाजियो र युभेन्ट्सबीचको खेल बिहीबार राति हुनेछ । अर्काे क्वाटरफाइनलमा फियोरेन्टिना र टोरिनो तथा रोमा र क्रेमोनेनेसबीच प्रतिस्पर्धा हुँदैछ ।

June 21, 2024

अर्जेन्टिनाको विजयी सुरुवात

एजेन्सी – साविक विजेता अर्जेन्टिनाले २०२४ संस्करणको कोपा अमेरिकामा विजयी सुरुवात गरेको छ । एटलान्टामा भएको उद्दघाटन खेलमा अर्जेन्टिनाले क्यानडा माथि २-० को जित दर्ता गरेको हो । अर्जेन्टिनाका लागि स्ट्राइकरद्वय जुलियन अल्भारेज र लौतारो मार्टिनेजले समान १-१ गोल गरे । पहिलो हाफमा खेलमा नियन्त्रण काम भएतापनि दोस्रो हाफमा अर्जेन्टिनाले सुधारिएको प्रदर्शन गरेको थियो । […]

June 21, 2024

इटालीलाई हराउँदै स्पेन अन्तिम १६ मा

एजेन्सी – इटाली माथि जित हात पार्दै स्पेन यूरो कप २०२४ को अन्तिम १६ मा प्रवेश गरेको छ । बिहीबार राति सम्पन्न खेलमा स्पेनले इटाली माथि १-० को जित निकालेको हो । स्पेनको एकमात्र गोल दोस्रो हाफको सुरुवातमा आत्मघाती गोल रूपमा आएको थियो । खेलको ५५औं मिनेटमा निको विलियम्सको क्रसमा इटालियन डिफेन्डर रिकार्डो कालाफियोरीलाई लागेर […]

June 21, 2024

इङ्ल्यान्डले डेनमार्कसँग अंक बाँड्यो

एजेन्सी – युरो कप २०२४ को आफ्नो दोस्रो खेलमा उपाधि दाबेदार इङ्ल्यान्डले डेनमार्क विरुद्ध अंक बाँडेको छ । फ्रांकफर्ट एरिनामा भएको खेलमा इङ्ल्यान्डले डेनमार्क विरुद्ध १-१ को बराबरी खेल्दै अंक बाँडेको हो । पहिलो खेलमा सर्बिया विरुद्ध १-० को झिनो अन्तरको जित हासिल गरेको इङ्ल्यान्डले डेनमार्क विरुद्ध लिएको अग्रता बचाउन सकेन । १८औं मिनेटमा कप्तान […]

Success

Thank you for your time.