default_image

3 years ago

February 1, 2023

आठ वर्षपछि एएफसीमा नेपालको प्रतिनिधित्व, नेम्बाङ सदस्य निर्वाचित

269 views

0 Bookmark

काठमाडौं (हाम्रो खेलकुद)– एसियाली फुटबलको सर्वोच्च निकाय एसियाली फुटबल महासंघ (एएएफसी) को कार्यसमितिमा झण्डै आठ वर्षपछि नेपालको प्रतिनिधित्व भएको छ ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्ष पंकजविक्रम नेम्बाङ बुधबार बहराइनमा भएको ३३ औं एएफसी कंग्रेसबाट कार्यसमिति सदस्यमा निर्वाचित भएपछि नेपालको प्रतिनिधित्व निश्चित भएको हो ।

नेम्बाङ दक्षिण एसियाली क्षेत्रबाट चार वर्षका लागि एएफसीको कार्यसमितिमा निर्वाचित भएका हुन् । भुटानका युगेन सेचत दक्षिण एसियाली क्षेत्रबाट एएफसीको उपाध्यक्ष चुनिएका छन् ।

सोही क्षेत्रबाट माल्दिभ्सका बसम अदेल जालिल पनि सदस्यमा निर्वाचित भएका छन् । शेख सलमान विन अब्राहिम अल खलिफा पुनः एएफसीको अध्यक्षमा निर्वाचन भएका छन् । उनको यो तेस्रो कार्यकाल हो ।

यसअघि एन्फाका पूर्व अध्यक्ष गणेश थापा एएफसी कार्यसमिति सदस्य हुँदै उपाध्यक्ष निर्वाचित भएका थिए । सन् २०१५ को नोभेम्बार भ्रष्टचारको अभियोगमा थापा १० वर्षको प्रतिबन्धमा परेपछि एएफसीमा नेपालको प्रतिनिधित्व थिएन ।

नेम्बाङ यसै वर्ष एन्फा अध्यक्षमा निर्वाचित भएका थिए । निर्वतमान अध्यक्ष कर्मा छिरिङ शेर्पालाई पराजित गर्दै नेम्बाङ अध्यक्ष निर्वाचित भएका थिए ।

December 20, 2025

एपिएफलाई घरेलु मैदानमा अन्तर्राष्ट्रिय उपाधि जित्ने मौका

काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका‌ लागि भिड्दै […]

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

Success

Thank you for your time.