default_image

3 years ago

February 2, 2023

म्यानचेस्टर कारावाओ कपको फाइनलमा

216 views

0 Bookmark

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेड इएफएल अर्थात कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ ।प्रिमियर लिग प्रतिद्धन्द्धी नटिङहम फरेस्टलाई सेमिफाइनलको दोस्रो लेगमा २–० ले तथा समग्रमा ५–० को जित निकाल्दै युनाइटेड फाइनलमा पुग्न सफल भएको हो ।

युनाइटेडले पहिलो लेगमा ३–० को सहज जित हात पारेको थियो । ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलमा घरेलु टोलीको जितमा एन्थोनी मार्सियाल र फ्रेडले गोल गरे । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

घरेलु टोलीले नटिङहमलाई लगातार दवाव झेलेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । ७३औं मिनेटमा एन्थोनी मार्सियालले गोल गर्दै युनाइटेडलाई १–० को अग्रता दिलाए । उनले मार्कस रासफर्डको पासमा गोल गर्न सफल भएका थिए । ७६औं मिनेटमा फ्रेडले रासफर्डकै पासमा गोल गर्दै युनाइटेडको जित पक्का गराए ।

अब युनाइटेडले उपाधिका लागि अर्काे प्रिमियर लिग प्रतिद्धन्द्धी न्यूक्यासल युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । फाइनल २६ फेब्रुअरीमा हुनेछ । न्यूक्यासलले मंगलबार राति साउथह्याम्टनलाई २–१ ले समग्रमा ३–१ ले पराजित गर्दै ४७ वर्षपछि फाइनलमा स्थन बनाइसकेको छ ।

December 15, 2025

सातौँ झापा गोल्डकप माघमा

हिमाल खरेल , बिर्तामोड झापा गोल्डकपको सातौँ संस्करण माघ अन्तिम साता हुने भएको छ । अखिल नेपाल फुटबल संघले प्रकाशित गरेको पछिल्लो तालिकाअनुसार झापा गोल्डकप माघ २४ गतेदेखि हुने भएको छ । हालै दिवंगत भएका गोल्डकपका निवर्तमान अध्यक्ष विनोद बस्नेतको स्मृतिमा आयोजना गर्न लागिएको प्रतियोगिता बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा हुनेछ । प्रतियोगिताको फाइनल खेल फागुन […]

December 15, 2025

रियल म्याड्रिडको संघर्षपूर्ण जित

एजेन्सी – रियल म्याड्रिडले ला लिगामा अलाभेसमाथि २-१ जित निकाल्दै शीर्ष स्थानको बार्सिलोनासँगको दूरी घटाएको छ। सेल्टा भिगो र म्यानचेस्टर सिटीसँग लगातार पराजय भोगेपछि मुख्य प्रशिक्षक जाबी अलोन्सो दबाबमा थिए । अलाभेसविरुद्ध पनि हार बेहोरेको अवस्थामा ४४ वर्षीय अलोन्सोका पद जोखिममा पर्ने सम्भावना थियो। तर कठिन अवे जितसँगै रियलले लिगको शीर्ष स्थानमा रहेको बार्सिलोनासँगको दूरी […]

December 15, 2025

बायर्न म्युनिख पुछारको टोलीसँग रोकियो

एजेन्सी – बुन्डेसलिगाको शीर्ष टोली बायर्न म्युनिखले तालिकाको पुछारमा रहेको माइन्जसँग आइतवार २-२ को बराबरी खेलेको छ। यद्यपि बायर्न र दोस्रो स्थानको आरबी लिपजिङबीच ९ अंकको अन्तर छ। २९औँ मिनेटमा युवा खेलाडी लेनार्ट कार्लले नजिकबाट गोल गर्दै बायर्नलाई अग्रता दिलाए। तर पहिलो हाफ समाप्त हुनुअघि विलियम बोभिङको फ्रिकिकमा कास्पर पोटुल्स्कीले हेडमार्फत गोल गर्दै पाहुना टोली […]

Success

Thank you for your time.