default_image

3 years ago

February 2, 2023

राफिन्हा र लेवान्डोस्कीको गोलमा बार्सिलोनाको जित

301 views

0 Bookmark

एजेन्सी – ब्राजिली विंगर राफिन्हा र पोलिस फरवार्ड रोबर्ट लेवान्डोस्कीको गोलमा स्पेनिस ला लिगाकाे शीर्षस्थानमा रहेकाे क्याटलान क्लब बार्सिलोनाले जित निकालेको छ ।

शीर्षस्थानमा रहेको बार्सिलोनाले १० खेलाडीमा समेटिएको घरेलु टोली रियल बेटिसमाथि २–१ को जित निकालेको हो । रियल बेटिसले उपहार गोल पाएको थियो ।

स्टेडियो बेनिटो भिल्लामार सेभिल्लामा बुधबार राति भएको खेलमा पाहुना टोली बार्सिलोनाले बल पोसेसन राख्दै घरेलु टोली रियल बेटिसलाई लगातार दवावमा राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो ।

१०औं मिनेटमा फरवार्ड बोर्जा इग्लिसिएस चुक्दा रियल बेटिस अग्रताबाट चुक्यो । १८औं मिनेटमा पेड्रीको प्रहारलाई बेटिसका गोलरक्षक रुई सिल्भाले बचाए । ४८औं मिनेटमा गोलरक्षक सिल्भाले पेड्रीको प्रहारलाई पुनः विफल पारे ।

६५औं मिनेटमा राफिन्हाले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । उनले एलेक्स बाल्डेको पासमा गोल गर्न सफल भएका थिए । ८०औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनाको अग्रत दोब्बर पारे । उनले रोनाल्ड एराउजोको पासमा गोल गर्न सफल भएका थिए ।

८५औं मिनेटमा जुल्स कुन्डेले आत्मघाती गोल गरेपछि खेल २–१ को स्थितिमा पुग्यो । त्यसपछि इन्ज्युरी समयको थप गरिएको पाँचौं मिनेटमा घरेलु टोली १० खेलाडीमा समेटिन पुग्यो । विलियम कार्भाल्हो सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिए ।

यस जितसँगै बार्सिलोनाले शीर्षस्थानमा ८ अंकको अग्रता बनाएको छ । बार्सिलोनाको १९ खेलबाट ५० अंक पुगेको छ । एक खेल कम खेलेको रियलको ४२ अंक छ । पराजित बेटिस ३१ अंब जोडेर छैटौं स्थानमा छ ।

December 11, 2025

आर्सनलको‌ लगातार जित

एजेन्सी – आर्सनलले च्याम्पियन्स लिगमा शतप्रतिशत जितलाई निरन्तरता दिएको छ। आर्सनलले बुधवार क्लब ब्रुगलाई ३–० ले हराउँदै च्याम्पियन्स लिगमा लगातार छैटौँ जित निकालेको छ। आर्सनलका नोनि माडुकेको प्रदर्शन दमदार रह्यो। उनले २ गोल गरे। २५ औं मिनेटमा झन्डै २५ यार्ड टाढाबाट पहिलो गोल गरेका माडुकेले ४७ औं मिनेटमा हेडमार्फत अर्को गोल थपे । तेस्रो गोल […]

December 11, 2025

म्यानचेस्टर सिटीसँग रियल म्याड्रिड पराजित

एजेन्सी – म्यानचेस्टर सिटीले च्याम्पियन्स लिगमा रियल मड्रिडलाई २–१ ले हराउँदै महत्वपूर्ण जित हात पार्यो। खेलमा पहिला रियलले अग्रता लिए पनि सिटीले पहिलो हाफमै खेलमा पुनरागमन गरेको थियो। रियलका रोड्रिगोले २८औँ मिनेटमा गोल गर्दै टोलीलाई १-० ले अघि बढाए। त्यसअघि रियललाई दिइएको पेनाल्टी भने भिएआरले हेरेर खारेज गरिदियो। तर त्यसपछि रियल कमजोर देखियो। ३५ औं […]

December 10, 2025

बायर्न र बार्सिलोनाको जित

एजेन्सी – च्याम्पियन्स लिगमा मंगलवार बार्सिलोना, बायर्न म्युनिख, लिभरपुल, एट्लेटिको म्याड्रिड विजयी भएका छन्। चेल्सी, इन्टर मिलान पराजित भएको छ। बायर्नले स्पोर्टिङ सिपीलाई ३-१ ले हरायो।  सुरुवाती अग्रता स्पोर्टिङले लियो। ५४औँ मिनेटमा जोशुआ किमिचको आत्मघाती गोलबाट स्पोर्टिङले अग्रता बनाएको हो। तर त्यसपछि बायर्नले दबाब बढाउँदै खेल आफ्नो पक्षमा पार्यो । ६५औँ मिनेटमा सर्ज ग्नाब्रीले नजिकैबाट […]

Success

Thank you for your time.