default_image

2 years ago

February 2, 2023

एमबाप्पेले चाेट बाेकेकाे खेलमा पिएसजीकाे जित

114 views

0 Bookmark

एजेन्सी – स्टार फरवार्ड केलियन एमबाप्पेले चोट बोकेको खेलमा फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले मोन्टपेलिएरलाई पराजित गरेको छ ।

पिएसजीले घरेलु टोलीमाथि ३–१ को जित निकाल्दै आफ्नो शीर्षतालाई थप मजवुत बनाएको हो । पिएसजीको जितमा फावियन रुइज, लियोनेल मेस्सी र वारेन जाइरी एमेरीले गोल गरे । मोन्टपोलिएरका एर्नाअड नोर्दिनले एक गोल फर्काए ।

मोन्टपेलिएरमा बुधबार राति भएको खेलको नवौं मिनेटमा पाहुना टोली पिएसजीले पेनाल्टी पाएपनि सदुपयोग गर्न सकेन ।केलियन एमबाप्पेले सुरुवाती पेनाल्टी चुकाए । पुनः प्रदान गरिएको पेनाल्टीमा पनि एमबाप्पेले गोल गर्न सकेन ।

२१औं मिनेटमा एमबाप्पेले चोट बोक्दै मैदान छाड्नुपरेको थियो । उनको स्थान ह्युगो इटिकेले लिएका थिए । ३५औं मिनेटमा पिएसजीका किकिले गोल गरेपनि भिएआरबाट मान्यता नपाउँदा पिएसजी अग्रता लिनबाट चुक्यो ।

५२औं मिनेटमा पिएसजीले अर्काे गोलले मान्यता पाएन । अचरफ हाकिमीले गोल गरेपनि उनी भिएआरमा अफसाइड ठहरिए । ५५औं मिनेटमा फावियन रुइजले गोल गर्दै पिएसजीलाई १–० को अग्रता दिलाए । उनले ह्युगो इटिकेको पासलाई सदुपयोग गरे ।

७२औं मिनेटमा फावियन रुइजको पासमा मेस्सीले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे । ८९औं मिनेटमा एर्नाअड नोर्दिनले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । उनले स्टेफी माभिडिडिको पासमा गोल गर्न सफल भएका थिए ।

त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा परिवर्तित खेलाडी वारेन जाइरी एमेरीले अचरफ हाकिमीको पासमा गोल गर्दै पिएसजीलाई सहज जित दिलाए ।

यस जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको २१ खेलबाट ५१ अंक पुगेको छ । पिएसजीले दोस्रो स्थानको मार्सेलाई ५ अंकले पछि पारेको छ । पराजित मोन्टपेलिएर २० अंक जोडेर १४औं स्थानमा छ ।

September 11, 2024

पाराग्वेसँग ब्राजिलको हार

एजेन्सी – फिफा विश्वकप २०२६ को दक्षिण अमेरिकी छनोटमा ब्राजिल पराजित भएको छ। पाराग्वेले ब्राजिललाई बुधवार १-० ले हराएको हो। पाराग्वेले आठौं खेलमा दोस्रो जित निकालेको हो। पराग्वेको जितमा २०औं मिनेटमा डियगो गोमेजले गरेको गोल नै निर्णायक बन्यो । जित पछि १० टोली सहभागी छनोटमा ९ अंकका साथ पराग्वे सातौं स्थानमा छ । अर्को खेलमा […]

September 11, 2024

केनको २ गोलमा इङ्ग्ल्यान्डको जित

एजेन्सी – युइएफए नेसन्स लिगको पहिलो चरणमा इङ्ग्ल्यान्डले लगातार दोस्रो जित हात पारेको छ । इङ्ग्ल्यान्डले मंगलवार फिनल्यान्डमाथि २-० को जित हात पार्यो । घरेलु मैदानमा भएको खेलमा इङ्ग्ल्यान्डलाई जित दिलाउन दुवै गोल ह्यारी केनले गरे । इङ्ग्ल्यान्डबाट केनको‌ त्यो एक सयौं खेल थियो। केन इङ्ग्ल्यान्डको लागि आफ्नो सयौं खेलमा २ गोल गर्ने पहिलो खेलाडी […]

September 11, 2024

अजेन्टिनाको दोस्रो हार

एजेन्सी – फिफा विश्वकप २०२६ को दक्षिण अमेरिका छनोटमा कोलम्बियाले विश्व कप तथा कोपा अमेरिका च्याम्पियन अर्जेन्टिनालाई पराजित गरेको छ । आठौं खेलमा दोस्रो हार बेहोरेको अर्जेन्टिना कोलम्बियासँग २-१ गोल अन्तरले पराजित भयो । घरेलु मैदानमा कोलम्बियाको जितमा यार्सन मस्जिद्रा र रोड्रिग्वेजले समान १ गोल गरे । अर्जेन्टिनाका लागि निको गोन्जालेजले १ गोल फर्काए । […]

Success

Thank you for your time.