default_image

3 years ago

February 2, 2023

बायर्न डिएफवी पोकलको क्वाटरफाइनलमा

253 views

0 Bookmark

एजेन्सी – जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिख डिएफवी पोकलको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बायर्नले १० खेलाडीमा समेटिएको मेइन्जलाई ४–० ले पराजित गर्दै अन्तिम आठमा स्थान पक्का गरेको हो । बायर्नको फराकिलो जितमा एरिक म्याक्सिम चुपो मोटिङ, जमल मुसिएला, लिरोए साने र अलफन्सो डाभिसले गोल गरे ।

ओपेल एरिना मेइन्जमा बुधबार राति भएको एकपक्षीय खेलमा बायर्नले खेलको १७औं मिनेटमा चुपो मोटिङको गोलबाट अग्रता लिएको थियो । उनले जोआओ क्यान्सेलोको पासमा गोल गर्न सफल भएका थिए ।

३०औं मिनेटमा जमल मुसिएलाले थोमस मुलरको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । ४४औं मिनेटमा लिरोए सानेले गोल गरेपछि बायर्न पहिलो हाफमा ३–० ले अघि बढ्यो । सानेले चुपो मोटिङको पासमा गोल गर्न सफल भएका थिए ।

८२औं मिनेटमा मेइन्जका प्रशिक्षक सिधै रातो कार्ड खाँदै टचलाइन छोड्न बाध्य भए । ८३औं मिनेटमा अलफन्सो डाभिसले गोल गर्दै टोलीलाई ४–० ले अघि बढाए । उनले जोसुवा किम्मिखको पासलाई सदुपयोग गरेका थिए ।

८६औं मिनेटमा मेइन्ज १० खेलाडीमा समेटिन पुग्यो । एलेक्सान्डर ह्याक दोहोरो पहेलो कार्ड खाँदै मैदानबाट बाहिरिए । त्यसपछि थप गोल निस्कन नसक्दा बायर्न विजयी हुन सफल भयो ।

अर्काे प्रि–क्वाटरफाइनलमा आरबी लाइप्जिगले होफेनहाइनलाई ३–१ ले पराजित गरेको छ । लाइप्जिगको जितमा इमिल फोर्सवर्ग, कोनराड लेइमार र टिमो वेर्नरले गोल गरे । होफेनहाइनका कास्पर डोलवर्गर्ल एक गोल फर्काए ।

December 20, 2025

वेलिंगटनको जितमा साम्बाको २ गोल

काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]

December 20, 2025

बोरुसिया डर्टमुन्ड दोस्रो स्थानमा उक्लियो

एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]

December 20, 2025

बोलोग्ना इटालियन सुपर कपको फाइनलमा

एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]

Success

Thank you for your time.