3 years ago
February 2, 2023
काठमाडौं (हाम्रो खेलकुद) – साफ यू २० महिला च्याम्पियनसिपमा सफल नतिजाका लागि आफूहरुले निकै मेहनत गर्नुपर्ने नेपाली टोलीकी कप्तान प्रिती राईले बताएकी छिन् ।

बंगलादेशमा च्याम्पियनसिप सुरु हुनु अघिल्लो दिन बिहीबार प्रि म्याच कन्फ्रेन्समा बोल्दै प्रितीले भनिन्,‘ हाम्रो तयारी ठिकै छ। आयोजक बंगलादेशलाई घरेलु मैदानमा फाइदा छ । भर्खरलै यू १७ विश्व कप खेलेको अनुभव छ । त्यस्तै भुटानले पछिल्ला वर्षहरुमा प्रगती गरेको छ । त्यसैले सुखद नतिजाका लागि मेहनत गर्नुपर्नेछ ।’

बंगलादेशविरुद्ध खेल्दै नेपालले च्याम्पियसिपको सुरुवात गर्ने । भारत र भुटान पनि च्याम्पियनसिपमा सहभागी रहेका छन् । नेपाली टोलीका प्रशिक्षक यामप्रसाद गुरुङले तयारी सन्तोषजनक रहेको बताएका छन् । ‘सहभागी चारै टोलीको समानस्तर र प्रतिस्पर्धात्मक छन् । बंगलादेशलाई घरेलु मैदामा फाइदा हुन सक्छ,’ उनले भने,‘ हामीलाई विश्वास छ हामी राम्रो टक्कर दिनेछौं र उच्च प्रदर्श नगर्नेछौं ।’ नेपालले दोस्रो खेल भुटानविरुद्ध माघ २२ गते र भारतविरुद्ध माघ २४ गते खेल्नेछ ।
नेपालको खेल
माघ २० गते विरुद्ध बंगलादेश
माघ २२ गते विरुद्ध भुटान
माघ २४ गते विरुद्ध भारत
यू २० महिला टोली
गोलकिपर – कविता विक, सावित्री किसान र लिला जोशी
डिफेन्डर – सबिना चौधरी, सजनी थोकर, सरु हमाल, सुनिता भोलान, दिव्या यस्माली मगर, प्रतिक्षा चौधरी र कुमारी तामाङ
मिडफिल्डर – तुलसा बोहरा, कुसुम खतिवडा,सारा बज्राचार्य, सुनकला राई, मनमाया दमाई, प्रीति राई (कप्तान), अञ्जली मचामसी, सरस्वती हमाल र दीपा शाही
फरवार्ड – गरिमा राई, अमिषा कार्की, ममता पुन र अञ्जली चन्द
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]
December 20, 2025
एजेन्सी – इन्टर मिलानलाई पेनाल्टी सुटआउटमा हराउँदै बोलोग्ना इटालियन सुपर कपको फाइनलमा पुगेको छ। साउदी अरेबियाको अल-अव्वाल पार्कमा भएको सेमिफाइनल खेल निर्धारित ९० मिनेटमा १-१ को बराबरीमा सकिएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो। जस बोलोग्ना ३-२ ले विजयी भयो। खेल सुरु भएको दोस्रो मिनेटमा इन्टरले अग्रता लिएको थियो। ७२ सेकेन्डमै मार्कस थुरामले भलीमार्फत सानदार गोल […]