3 years ago
February 3, 2023
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली टोलीले हारका साथ बंगलादेशमा सुरु साफ यू २० महिला च्याम्पियनसिप सुरुवात गरेको छ । नेपाल बंगादेशसँग ३–१ ले पराजित भएको छ ।

ढाकास्थित वीर श्रेष्ठ शहिद सिपाही मुस्तफा कमल स्टेडियममा नेपाल पहिलो हाफमै २–१ ले पछाडि परेको थियो । बंगलादेशको जितमा मस्ट अक्लिमा खातुन, शम्सुनाहर र शाहिदा अक्तर रिपाले गोल गरे । नेपालका लागि मनमाया दमाइले गोल गरिन् ।
खेलको तेस्रो मिनेटमा अक्लिमाको गोलमा बंगलादेशले अग्रता लिएको थियो । १३ औं मिनेटमा शम्सुनाहरले गोल गर्दै टोलीको अग्रतालाई दोब्बर पारिन् । २४ औं मिनेटमा मनमायाले गोल गर्दै खेललाई २–१ को अवस्थामा पुर्याइन । इन्जुरी समयमा शाहिदाले गोल गरेपछि बंगलादेशले ३–१ को सहज जित हासिल गर्यो ।
च्याम्पियनसिपको शुक्रबार नै भएको पहिलो खेलमा भारतले भुटानलाई १२–० ले हराएको थियो । च्याम्पिनसिपमा सहभागी ४ टोलीले एकअर्काको सामना गर्नेछन् ।
च्याम्पियनसिपको आफ्नो दोस्रो खेलमा आइतबार नेपालले भुटानसँग प्रतिस्पर्धा गर्नेछ । सोही दिन बंगलादेश र भारत भिड्नेछन् । नेपालले भारतको सामना मंगलबार गर्नेछ । राउन्ड रोविन लिगपछि शीर्ष २ मा रहने टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]