default_image

1 year ago

February 4, 2023

रोनाल्डोको गोलमा अल नासर हारबाट जोगियो

163 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज भेट्रान फरवार्ड क्रिष्टियानो रोनाल्डोले खेलको अन्त्यतिर गोल गरेपछि शीर्षस्थानमा रहेको अल नासर साउदी प्रिमियर लिगमा हारबाट जोगिएको छ ।

अल नासरले घरेलु टोली अल फातेहसँग २–२ गोलको बराबरी खेलेको हो । १० खेलाडीमा समेटिएको अल नासेरले खेलमा दुईपटक पछि परेपनि अंक खोस्न सफल भएको हो ।

प्रिन्स अब्दुल्लाह विन जलावी स्पोर्ट्स सिटी अल हासामा शुक्रबार राति भएको खेलमा घरेलु टोली अल फातेहका क्रिष्टियन टेलो र सोफिएन बेन्डेब्काले गोल गर्दा अल नासरका एन्डरसन टालिस्का र रोनाल्डोले बराबरी गोल फर्काए ।

खेलको १२औं मिनेटमा क्रिष्टियन टेलोले गोल गर्दै अल फातेहलाई १–० को अग्रता दिलाए । ४२औं मिनेटमा एन्डरसन टालिस्काले कोनानको पासमा गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए ।

५८औं मिनेटमा सोफिएन बेन्डेब्काले गोल गर्दै घरेलु टोलीलाई पुन खेलमा २–१ को अग्रता दिलाए । उनले मारवेन सादएनीको पासमा गोल गर्न सफल भएका थिए । त्यसपछि अल फातेह जिततर्फ अग्रसर बनेपनि अन्तिम समयमा सम्हालिन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।

इन्ज्युरी समयमा नोह अल मोउसाले पेनाल्टी बक्समा जालोलिडडिन मासहरिपोभलाई फउल गरेपछि रेफ्रीले अल नासरलाई पेनाल्टी प्रदान गरेको थियो ।

जसलाई रोनाल्डोले इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । साउदीको लिगमा रोनाल्डोको यो पहिलो गोल हो । उनले लिगको दोस्रो तथा समग्रमा तेस्रो खेलमा गोल गर्न सफल भएका हुन् ।

इन्ज्युरी समयको थप गरिएको पाँचौ मिनेटमा गोलकर्ता एन्डरसन टालिस्का सिधै रातो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि अल नासर १० खेलाडीमा समेटिन पुग्यो ।

यस बराबरीसँगै अल नासर १५ खेलबाट ३४ अंक जोडेर शीर्षस्थानमा यथावत छ । समान अंक नै रहेपनि अल नासर एक खेल बढी खेलेको अल सवावभन्दा गोलअन्तरमा अघि छ । अल फातेह २२ अंक जोडेर छैटौं स्थानमा छ ।

July 25, 2024

मछिन्द्र र चर्च ब्वाइज विजयी

काठमाडौं (हाम्रो खेलकुद) – ललित स्मृति यु-१८ लिगमा बिहीबार मछिन्द्र एफसी र चर्च ब्वाइज युनाइटेड विजयी भएका छन् । एन्फा कम्प्लेक्स सातदोबाटमा भएको दिनको पहिलो खेलमा मछिन्द्रले एफसी खुमलटार क्लबमाथि २-१ को जित दर्ता गरेको हो । कविर तामाङ र रोनिक राना मगरले मछिन्द्रका लागि गोल गरे । यस्तै खुमलटारका लागि पवन दर्लामीले गोल फर्काएका […]

July 25, 2024

एएफसी प्लेअफ खेलमा केल्मीको बल प्रयोग हुने

काठमाडौं (हाम्रो खेलकुद) – नेपालको लिग च्याम्पियन अपि पावर चर्च ब्वाइज युनाइटेडले यसै महिनाको अन्त्यमा खेल्ने एएफसी च्यालेन्ज लिगको प्लेअफ खेलमा केल्मीको बल प्रयोग हुने भएको छ । नेपालको लागि केल्मीको आधिकारिक विक्रेता कामारु ट्रेडिङले चर्च ब्वाइजलाई प्रतियोगिता र प्रशिक्षणका लागि आवश्यक म्य्च बल उपलब्ध गराउने भएको हो । केल्मी र एएफसीबीच सन् २०२१ देखि […]

July 25, 2024

करिब दुई घण्टापछि गोल रद्द गर्दा अर्जेन्टिना पराजित

एजेन्सी – गोल गरेको करिब २ घण्टापछि गोल रद्द भएपछि पेरिस ओलम्पिकमा पुरुष फुटबलको आफ्नो पहिलो खेलमा अर्जेन्टिना पराजित भएको छ । अर्जेन्टिना मोरोक्कोसँग २-१ ले पराजित भएको हो । सोफियान रहिमीले पहिलो हाफको अन्त्यमा र ४९औं मिनेटमा गोल गर्दै मोरक्कोलाई खेलमा २ गोलको अग्रता दिलाएका थिए । ६८औं मिनेटमा जिउकियानो सिमिओनेले अर्जेन्टिनाका लागि एक […]

Success

Thank you for your time.