3 years ago
February 5, 2023
काठमाडौं (हाम्रो खेलकुद)– नेपाली फुटबल टोलीले साफ यू २० महिला च्याम्पियनसिपको फाइनल पुग्ने सम्भावनालाई जीवित राखेको छ । बंगलादेशमा जारी च्याम्पियनसिपमा आइतबार भुटानलाई ४–० ले हराउँदै नेपालले फाइनल पुग्ने सम्भावना यथावत राखेको हो ।

वीर श्रेष्ठ सहिद सिपाही कमल स्टेडियममा नेपालले भुटानविरुद्ध पहिलो र दोस्रो हाफमा समान २ गोल गरेको थियो ।
नेपालका लागि अमिशा कार्की ह्याट्रिक र कप्तान प्रिती राई गोल गरेकी थिइन् । अमिशाको गोलबाट नेपालले १९ औं मिनेटमा अग्रता लिएको थियो । पहिलो हाफको इन्जुरी समयमा अमिशाले दोस्रो गोल गरिन् । प्रितीले ६१ औं मिनेटमा गोल गरिन् भने अमिशाले त्यसको एक मिनेटपछि अर्को गोल गर्दै ह्याट्रिक पूरा गरिन् ।
पहिलो खेलमा शुक्रबार नेपाल आयोजक बंगलादेशसँग ३–१ ले पराजित भएको थियो । पहिलो खेलमा भुटान भने भारतसँग १२–० ले पराजित भएको थियो ।

सहभागी ४ टोलीबीच राउन्ड रोविनका आधारमा च्याम्पियनसिप भइरहेको छ । राउन्ड रोविन पछि शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । आजै एक खेल जितेसकेका बंगलादेश र भारतबीच प्रतिस्पर्धा हुनेछ । राउन्ड रोविनको अन्तिम दिन नेपाल र भारत तथा बंगलादेश र भुटानबीच हुनेछ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]