3 years ago
February 5, 2023
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत महारथी रियल म्याड्रिडले हार बेहोरेको छ । अंक तालिकाको दशौं स्थानमा रहेको मालोर्काले रियलविरुद्ध १-० को जित दर्ता गरेको हो ।

खेलको वार्म अपको क्रममा नै गोलरक्षक थिबाउट कोर्टुवा घाइते भएपछि रियल दबाबमा थियो । १३ औं मिनेटमा घरेलु टोली मालोर्काले अग्रता लियो । भेदाट मुरिकीको हेडर नाचोलाई लाग्दै गोलमा परिणत भएपछि रियल पछि परेको थियो ।
दोस्रो हाफमा रियलले खेलमा फर्कने सुवर्ण अवसर पाएको थियो । गोलरक्षक पेद्राग राकोभिचले भिनीसियसलाई पेनाल्टी क्षेत्र भित्र लडाएपछि रियलले पेनाल्टीको अवसर पायो । तर मार्को एसेन्सियोले पेनाल्टीमा गोल गर्न सकेनन् । गोलरक्षक राकोभिचले एसेन्सियोको प्रहार विफल पारे ।
सन् २०१९ पछि मालोर्काले रियललाई पहिलो पटक हराएको हो । हालसम्म यी दुई टोलीको १४ पटक खेल हुँदा मालोर्का २ पटक विजयी भएको छ ।
यस हारसँगै रियल बने बार्सिलोनाभन्दा ५ अंकले नै पछि रहेको छ । एक खेल कम खेलेको बार्सिलोनाले आज सेभियालाई पराजित गरे ८ अंकको अग्रता लिनेछ । बार्सिलोनाको १९ खेलमा ५० अंक तथा रियलको २० खेलमा ४५ अंक रहेको छ ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]