3 years ago
February 7, 2023
हिमाल खरेल, भद्रपुर
पहिलो संस्करणको भद्रपुर झापा गोल्डकप फुटबल प्रतियोगितालाई चौधरी ग्रुपको उत्पादन मुस्ताङले मुख्य प्रायोजन गरेको छ । प्रायोजन सम्झौतापछि प्रतियोगिताको नाम अब ‘मुस्ताङ भद्रपुर झापा गोल्डकप’ रहनेछ ।

भद्रपुरस्थित होटल आनीमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल र मुस्ताङका तर्फबाट नेसनल सेल्स हेड युवराज खत्रीले सम्झौता पत्रमा हस्ताक्षर गरे । प्रतियोगिता फागुन ७ गतेदेखि १६ गतेसम्म भद्रपुर–८ मा रहेको मेची रंगशालामा हुनेछ ।
रंगशालामा करिब २० हजार दर्शक बस्न सक्नेगरी स्थायी प्यारापिटको मर्मत तथा रङरोगन कार्य सम्पन्न भइसकेको छ । त्यस्तै, बाँसको अस्थायी प्यारापिट पनि निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको बताइएको छ । पहिलो संस्करणको भद्रपुर झापा गोल्डकपको विजेताले उपाधिसहित १३ लाख र दोस्रो टोलीले ७ लाख रुपैयाँ प्राप्त गर्नेछ । गोल्डकपका लागि १ करोड ५० लाख रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक लाख तथा उत्कृष्ट गोल किप्पर, उच्च गोलकर्ता, उदीयमान खेलाडी र प्रशिक्षकले २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । हरेक खेलको प्लेयर अफ द म्याचले १० हजार रुपैयाँ पाउनेछन् । प्रतियोगितामा आयोजक भद्रपुर झापा ११, नेपालका तीन विभागीयसहित ६ वटा डिभिजन क्लब र भारत, भुटान र बंगलादेशका तीन विदेशी क्लब गरि १० टोलीको सहभागिता रहनेछ झापा गोल्डकपका अध्यक्ष ढकालले बताए ।
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले नयाँ प्रतियोगिताका रुपमा साफ महिला क्लब च्याम्पियनसिप यसै वर्ष सुरु गरेको हो। पहिलो संस्करणमा साफका ५ सदस्य राष्ट्रको लिग च्याम्पियनको सहभागिता रहेको थियो। त्रिपुरेश्वरस्थित स्थित दशरथ रंगशालामा जारी सोही च्याम्पियनसिपको आज फाइनल हुँदैछ। जसमा नेपालको च्याम्पियन एपिएफ एफसी र भारतको इस्ट बंगाल एफसी उपाधिका लागि भिड्दै […]
December 20, 2025
काठमाडौं (हाम्रो खेलकुद)- नेपाली राष्ट्रिय महिला टोलीकी कप्तान सावित्रा भण्डारी साम्बाको २ गरेपछि वेलिंगटन फिनिक्सले अष्ट्रेलियाको महिला ए लिगमा सिड्नी एफसीलाई ७-० ले हराएको छ। १-० ले अघि रहेको वेलिंगटनका लागि साम्बाले खेलको १३औँ मिनेटमा आफ्नो पहिलो गोल गरिन्। अष्ट्रेलियन लिगमस साम्बाको त्यो पहिलो गोल हो। ३५औँ मिनेटमा ग्रेस जेलीको गोलमा वेलिंगटनले पहिलो हाफमा ३-० को […]
December 20, 2025
एजेन्सी – बोरुसिया डर्टमुन्डले बोरुसिया मोनचेनग्लाडबाचलाई २-० ले हराएको छ। जितसँगै डोर्टमुन्ड बुन्डेसलिगा तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। खेलको १०औँ मिनेटमै डर्टमुन्डले अग्रता लिएको थियो। निक्लास जुलको क्रसमा जुलियन ब्रान्ड्टले सजिलै गोल गरे। पहिलो हाफमा मोनचेनग्लाडबाच कमजोर देखियो। उसले केही प्रहार गरे पनि गोल गर्न सकेन। डर्टमुन्डले दोस्रो गोलका अवसर पनि बनायो तर गोल हुन […]