default_image

8 months ago

February 10, 2023

रोनाल्डोको चार गोल

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग अन्तर्गत अल वेहदाविरुद्ध खेलमा चार गोल गरेका छन् । अल नासरले ४-० को जित दर्ता गर्दा सबै गोल रोनाल्डोले गरे । पहिलो हाफमा दुई गोल गरेका रोनाल्डोले दोस्रो हाफमा पनि दुई गोल थपेका थिए । अघिल्लो खेलमा गोलको खाता खोल्दै अल नासरलाई हारबाट जोगाएका रोनाल्डोले विहीबार […]

40 views

0 Bookmark

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिग अन्तर्गत अल वेहदाविरुद्ध खेलमा चार गोल गरेका छन् । अल नासरले ४-० को जित दर्ता गर्दा सबै गोल रोनाल्डोले गरे ।

पहिलो हाफमा दुई गोल गरेका रोनाल्डोले दोस्रो हाफमा पनि दुई गोल थपेका थिए । अघिल्लो खेलमा गोलको खाता खोल्दै अल नासरलाई हारबाट जोगाएका रोनाल्डोले विहीबार सानदार प्रदर्शनका साथ टोलीेलाई लिगको शीर्षस्थानमा उकाले ।

रोनाल्डोले २१ अ‍ौं मिनेटमा सुरुवाती अग्रता दिलाउँदै ४० अ‍ौं मिनेटमा दोस्रो गोल गरे । ५३ अ‍ौं मिनेटमा पेनाल्टीमार्फत ह्याट्रिक पूरा गरेका रोनाल्डोले ७ मिनेटपछि अर्को गोल थपे । लयमा रहेका फरवार्ड एन्डरसन टालिस्का नहुँदा रोनाल्डोले जिम्मेवारी पूरा गरे ।

यस जितले अल नासर लिगको शीर्षस्थानमा उक्लिएको छ । टोलीको १६ खेलमा ३७ अंक रहेको छ । त्यस्तै दोस्रो स्थानमा रहेको अद शबाबको १७ खेलमा ३७ अंक नै छ । अल वेहदा १५ अंक जोड्दै रेलिगेसन क्षेत्र नजिक छ ।

September 22, 2023

आयोजक चीनको १६ गोल!

हाङ्गचौ (हाम्रो खेलकुद) – आयोजक चीनले १९ औं एसियाली खेलकुद अन्तर्गत महिला फुटबलको समूह ए मा मंगोलियालाई १६-० को फराकिलो अन्तरले पराजित गरेको छ । समूह चरणको पहिलो खेल खेलिरहेको चीनले दुवै हाफमा ८-८ गोल गर्दै मंगोलियामाथि सानदार जित दर्ता गरेको हो । चीनको जितमा फरवार्ड वांग शुआंग एक्लैले ५ गोल गरिन् । त्यसबाहेक जिनजिन […]

September 22, 2023

नागल्सम्यान जर्मनीको प्रशिक्षक नियुक्त

एजेन्सी – जर्मन राष्ट्रिय फुटबल टोलीको नयाँ प्रशिक्षकमा जुलियन नागल्सम्यानको अनुबन्ध भएका छन् । जर्मन फुटबल फेडेरेसनले शुक्रबार दिउँसो नागल्सम्यानलाई १० महिनाका लागि प्रशिक्षकको भूमिकामा अनुबन्ध गरेको हो । जर्मनीमै आयोजना हुने युरोपेली च्याम्पियनसिप २०२४ का लागि उनले जिम्मेवारी सम्हाल्ने भएका हुन् । कतारमा भएको विश्वकपमा समूह चरणबाट बाहिरिएको र पछिल्लो समय लगातार खराब नतिजापछि […]

September 22, 2023

महिला फुटबलमा नेपाल भिएतनामसँग पराजित

हाङ्गचौ (हाम्रो खेलकुद) – नेपाली महिला राष्ट्रिय फुटबल टोलीले १९ औं एसियाली खेलकुद अन्तर्गत समूह डी को पहिलो खेलमा भिएतनामसँग हार बेहोरेको छ । पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफमा भने २ गोल खाएसँगै २-० को हार बेहोरेको हो । भिएतनामका लागि ५३ औं मिनेटमा फाम हाइ एनले गोल गरेकी थिइन् । थि […]

Success

Thank you for your time.